सरकारका कामप्रति माधव नेपाल असन्तुष्ट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सरकारका कामप्रति माधव नेपाल असन्तुष्ट

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको टिप्पणी गरेको छन्।
  • पूर्व सांसद मञ्च नेपालको १९ औं साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति अवकासलगायत क्रियाकलावका कारण जनतामा असन्तुष्टी बढ्दै टिप्पणी गरेका हुन्।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको टिप्पणी गरेको छन्। पूर्व सांसद मञ्च नेपालको १९ औं साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति अवकासलगायत क्रियाकलावका कारण जनतामा असन्तुष्टी बढ्दै टिप्पणी गरेका हुन्। न्युनतम पूर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उनले गरे। व्यवहारमा पुष्टी नहुने सिद्धान्त सही सिद्धान्त नहुने भन्दै उनले परिर्वतनको आवश्यकता औंल्याए। उनले नेतृत्वले सधैं विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नु पर्ने बताए।

‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ। सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ। व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ,’ उनले भने, ‘व्यवहारले ठिक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्माजित गर्नुपर्ने आवश्यकता पर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?