‘बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
‘बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’

सारांश

  • साँखु।
  •  नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापाले बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
  • मङ्गलबार समुदाय प्रहरी साझेदारी वडा समिति बुढानिलकण्ठ नगरपालिका–१२ र विद्यालय प्रहरी साझेदारी समन्वय समिति प्रशान्ति एकेडेमी कपनको आयोजनामा भएको जनचेतना कार्यक्रममा उहाँले विगतका अपहरणलगायतको घटनाको जानकारी दिँदै अभिभावक सचेत हुनुपर्ने बताउनुभयो ।

साँखु। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापाले बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार समुदाय प्रहरी साझेदारी वडा समिति बुढानिलकण्ठ नगरपालिका–१२ र विद्यालय प्रहरी साझेदारी समन्वय समिति प्रशान्ति एकेडेमी कपनको आयोजनामा भएको जनचेतना कार्यक्रममा उहाँले विगतका अपहरणलगायतको घटनाको जानकारी दिँदै अभिभावक सचेत हुनुपर्ने बताउनुभयो । “बालबाललिका विद्यालयबाट समयमा घर आउँछन्, आउँदैनन्, के–कस्ता साथीसङ्गतमा छन्, अभिभावकले चासो दिनुपर्छ,” थापाले भन्नुभयो ।

‘हरप्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन हुने उक्त कार्यक्रमले नागरिक र प्रहरीबीचको सहकार्य तथा समझदारीबाट मात्रै समाज अपराध र भयमुक्त हुने उहाँको भनाइ थियो । बढ्दो बालयौन दुव्र्यवहार, साइबर अपराध, लागुऔषध दुव्र्यसन, मानव बेचविखनलगायतका हिंसाबाट बच्ने उपायबारे थापाले ११ विद्यालयका विद्यार्थी तथा अभिभावकलाई प्रशिक्षण दिनुभएको थियो ।

विद्यालयमा गठित कार्यक्रमले प्रहरी र विद्यार्थीबीच सम्पर्क, सामुदायिक सचेतना र अपराध रोकथामका साथै सूचना सङ्कलन र आदानप्रदान गर्न मद्दत पुग्ने बुढानिलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले बताउनुभयो । प्रहरीको तथ्याङ्कअनुसार गत वर्ष देशभरी एक हजार ४८० बलात्कारका घटना भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार
झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार
काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
काँग्रेस सभापति देउवालाई विपक्षी दलको नेतामा भूमिका नदिन माग गरिएको रिट दरपीठ
काँग्रेस सभापति देउवालाई विपक्षी दलको नेतामा भूमिका नदिन माग गरिएको रिट दरपीठ
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
वर्षमान पुन र ओनसरी घर्तीले गुन्जाए हाँसो, बैठक सभा मै
वर्षमान पुन र ओनसरी घर्तीले गुन्जाए हाँसो, बैठक सभा मै
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक
ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
ताप्लेजुङमा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का

तपाईंले छुटाउनुभयो कि?