चीनको सिआन काठमाडौँ कार्गो रेल सेवा सुरु
सारांश
- चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ ।
- कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।
- चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ ।
चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ । त्यहाँबाट ट्रकले केरुङ नाका हुँदै मालसामान काठमाडौं र्पुयाउनेछ । यसमा ८ दिन लाग्ने आजको कान्तिपुर दैनिकमा खवर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया