मन्त्री अधिकारीको शव पोखरामा
सारांश
- पोखरा।
- हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ।
- काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो।
पोखरा। हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ।
काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो। शव ल्याउने भएपछि उनका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका छन्।
उनको शवलाई नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ । श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया