ने.क.पा.विरुद्ध उजुरी दल दर्ता खारेज गर्न माग,के होला अब ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
ने.क.पा.विरुद्ध उजुरी दल दर्ता खारेज गर्न माग,के होला अब  ?

सारांश

  • काठमाडौं २९ साउन,  ।
  • केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.
  • क.

काठमाडौं २९ साउन,  । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो । तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने.क.पा. राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले कट्टेलले सत्तासिन दलले दल दर्ता सम्वन्धमा असंवैधानिक, गैह्रकानुनी र दुर्नियतपूर्ण काम गरेको बताउँदै आएका छन् । सत्तासिन दलको कामलाई प्रोत्साहन हुने गरी सञ्चार माध्यमले पनि समाचार सम्प्रेषण गरिरहेको गुनासो कट्टेलको गुनासो छ ।

अध्यक्षद्वय ओली र प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित नेकपाको कार्यालयविरुद्ध निर्वाचन आयोगमा उजुरी सरहको निवेदन पेश गरेको कट्टेलले जानकारी दिए । कट्टेल नेतृत्वको नेकपा निर्वाचन आयोगमा २०७० साउन २२ गते दर्ता भएको छ । तर, ओली, प्रचण्ड नेतृत्वको ने.क.पा. पनि निर्वाचन आयोगमा २०७५ जेठ २३ गते दर्ता भएको छ ।

‘बोलिचालिको भाषामा कोष्ट भित्रको ‘ने’ थोप्लो ‘क’ थोप्लो ‘पा’ थोप्लो भनी उच्चारण नगरुन्जेलसम्म दुवै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा एउटै पार्टी बुझिन्छ आम जनमानसको बुझाई पनि त्यही छ । संचार जगत पनि त्यस्तै भाषाको भ्रममा छ,’ कट्टेलले निवेदनमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी भनेर विपक्षीहरुले खोलेको नेपाल कम्पुनिष्ट पार्टी (ने.क.पा.) अर्थात नेपाल कम्युनिष्ट पार्टी नेकपा भनेर बुझिने भएबाट म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा को वैधानिकता माथि नै हमला भएको छ ।’ उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा को संवैधानिक एवं कानुनी हकको हनन भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) दर्ता बदर गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसैले भन्दैमा गठबन्धन टुट्दैन : प्रचण्ड
कसैले भन्दैमा गठबन्धन टुट्दैन : प्रचण्ड
हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते
हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते
सरकारको कामले सबै कुराको जवाफ दिनेछ : प्रधानमन्त्री ओली
सरकारको कामले सबै कुराको जवाफ दिनेछ : प्रधानमन्त्री ओली
प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड  छर्किए
प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड छर्किए
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
उदयपुर बेल्टार तनावग्रस्तः दर्जनौ सेल अश्रुग्यास प्रहार
उदयपुर बेल्टार तनावग्रस्तः दर्जनौ सेल अश्रुग्यास प्रहार
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक

तपाईंले छुटाउनुभयो कि?