सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
५२ पटक हेरिएको
Shares
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत

सारांश

  • काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाजको सबै क्षेत्रमा प्रभाव पार्ने सञ्चार क्षेत्रले सरकारको वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
  • सञ्चार मन्त्रालयमा आज पदवहाली गर्दै सचिव राउतले सञ्चार क्षेत्रले मुलुकको आर्थिक विकास, उत्पादन क्षेत्र र सेवा प्रवाहलाई जोड्नुपर्छ भने ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाजको सबै क्षेत्रमा प्रभाव पार्ने सञ्चार क्षेत्रले सरकारको वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सञ्चार मन्त्रालयमा आज पदवहाली गर्दै सचिव राउतले सञ्चार क्षेत्रले मुलुकको आर्थिक विकास, उत्पादन क्षेत्र र सेवा प्रवाहलाई जोड्नुपर्छ भने ।

प्रदेश सरकारको सञ्चार ऐन निर्माणका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले सञ्चार क्षेत्रलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

तीव्ररूपमा भइरहेको प्रविधिको विकासले सञ्चार क्षेत्रमा थप चुनौती र अवसर देखापरेको उल्लेख गर्दै उहाँले मन्त्रालय मातहतका जिम्मेवार सबै निकायको सहयोग र सहकार्यबाट समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरे ।

सचिव राउतले समाजमा बढ्दो साइवर अपराधलाई न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्नेमा जोड दिए । “समग्र समाजलाई गतिशील र चलायमान बनाउने सूचना प्रविधिको क्षेत्रलाई विस्तार गर्नुपर्छ”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?