मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा

सारांश

  • उमेश बन्जाडे,मलेसिया , ३ भदौ ।
  • भर्‍याङ बाट लड्दा घाइते भइ समस्यामा परेकी एक नेपाली चेलिको मलेसियाबाट उद्वार गरिएको छ।
  • रोजगारीको शिलशिलामा मलेसिया पुगेका केही नेपाली युवाहरुको सक्रियतामा उनको उद्वार गरिएको हो।

उमेश बन्जाडे,मलेसिया , ३ भदौ । भर्‍याङ बाट लड्दा घाइते भइ समस्यामा परेकी एक नेपाली चेलिको मलेसियाबाट उद्वार गरिएको छ। रोजगारीको शिलशिलामा मलेसिया पुगेका केही नेपाली युवाहरुको सक्रियतामा उनको उद्वार गरिएको हो। पुर्बि रूकुमको भुमे गाउँपालिका ४ कि , हिरा पुन मगर पाँच महिना अघि रोजगारीका लागि मलेसिया आएकी थिइन्।

ललितपुरको “international Manpower Recruttment” बाट मलेसिया आएकी उनि नसोचेको दुर्घटनामा परिन र कम्पनीले बेवास्ता गरेपछि सबैमा सहयोगको अपिल समेत गरेकी थिइन् । ८३ हजार नेपाली रकम तिरेर मलेसिया ईपोहको “Qaulity coils Industries” कम्पनिमा आएकी पुनलाई कम्पनिको काम सकेर होस्टेलमा पानि भर्न जादा भर्‍याङमा लडेपछि खुट्टामा गहिरो चोट लागेको थियो। गम्भीर चोटका कारण विगत तिन महिनादेखि उनि काम गर्न सक्ने अबस्थामा नरहेको दाङका शान्तराज बुढा मगरले जानकारी दिनुभयो। हाल उनको उद्वार भएपनी स्वास्थ्य अवस्था भने उस्तै रहेको छ।

स्थानीय मेडिकलमा पटकपटक उपचार गर्दापनी घाउ निको नभएपछि नेपाल फर्किएर उपचार गराउने उनको मनसाय थियो। यद्यपि कम्पनीले नेपाल जानुपुर्व ४ हजार ७ सय मलेसियन रिंगिट भुक्तानी गर्नुपर्ने अडान राख्दा उनलाई आपत परेको थियो। उता समस्या दर्शाउँदा मलेसिया पठाउने म्यानपावर र एजेन्टले पनि बेवास्ता गरेको पिडित पुनको आरोप छ। कम्पनीले भनेअनुसारको रकम जुटाउन नसक्दा तनाबमा रहेकी पुनलाई नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका अध्यक्ष प्रेम पाण्डे र मलेसियामै कार्यरत नेपाली युवाहरु शान्तराज बुढामगर, राम प्रसाद पुनमगर, इन्फर्मेसन मगर, लोकेन्द्र मगर, तेज कुमार बुढामगर, र रोल्पा समाज सेवा संस्थाले नेपालबाट पठाएको मेनपावर एवं नेपाल एम्वेरसिमा दबाब दिएपछि पिडित चेलिको उद्धार भएको हो।

तत्काललाई उद्वार भएर राहत मिलेको भएपनी मेनपावरले प्लेन टिकट भने भुक्तानी गरिदिन आग्रह गरेको पिडित पुनले जानकारी दिएकि छिन्। साथै उनले आफ्नो यो मर्कामा सक्दो सहयोग गरेर नेपालि भुमिमा फर्किन सघाउने सवैमा आभार व्यक्त गरेकि छिन् । उनी शनिबार बेलुकी नेपाल उत्रीएकि हुन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Umesh Banjade

    हार्दिक धन्यवाद शिखर न्युज अनि Udaya GM दाजु

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?