विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
  • राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकले सांसद अनिता देवकोटाले पेस गरेको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

सांसद देवकोटाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ को उपनियम (१) बमोजिम विधेयकमा सुझाव पेस गर्ने प्रावधान हाल विशेष परिस्थितिवश आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने, २०८० को हकमा लागू गर्न नसकिने भएकाले नियमावलीको १३२ को उपनियम (४) बमोजिम २४ घण्टाको अवधिलाई छोट्याई आज अपराह्न ५ः०० बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म कायम रहने गरी निलम्बन गरियोस् भनी प्रस्ताव गरेकी थिइन् । सांसदहरू गोपीबहादुर अछामी, मदनकुमारी शाह (गरिमा)ले उक्त प्रस्तावको समर्थन गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सुझाव पेस गर्न चाहने सदस्यले भोलि बिहान १०ः३० भित्र सुझाव पेस गर्न सकिने जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशम चौधरीको निलम्बन सांसदमै कार्यकाल सकिने
रेशम चौधरीको निलम्बन सांसदमै कार्यकाल सकिने
शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक विदा
शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक विदा
अर्को वर्ष वैशाख डे लुम्बिनीमै मनाउने प्रधानमन्त्रीको उद्घोष
अर्को वर्ष वैशाख डे लुम्बिनीमै मनाउने प्रधानमन्त्रीको उद्घोष
बझाङको टुमेडा पहिरोः चारजनाको मृत्युु, छ जनाको जीवितै उद्धार
बझाङको टुमेडा पहिरोः चारजनाको मृत्युु, छ जनाको जीवितै उद्धार
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश
राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो
राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
कोमल वली डाको छोडेर रोईन : रुनाको कारण यस्तो
कोमल वली डाको छोडेर रोईन : रुनाको कारण यस्तो
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’

तपाईंले छुटाउनुभयो कि?