प्रभावकारी बन्दै सुनौलो हजार दिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रभावकारी बन्दै सुनौलो हजार दिन

सारांश

  • कञ्चनपुर, २१ भदौ ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ ।
  • आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताउनुभयो ।

कञ्चनपुर, २१ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ ।आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताउनुभयो । चार पटक गर्भवती जाँच, आइरन चक्की तथा जुकाको औषधि खुवाउने र दुई वर्ष मुनिका बच्चालाई खोप लगाउने कार्य गरिँदै आएको छ ।

दुई वर्षअघिदेखि सञ्चालित कार्यक्रमको प्रभावकारिताका कारण गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी हुँदै आएका छन् । “आइरन चक्की र जुकाको औषधि सेवनले महिलामा रक्त अल्पताको समस्या हटेको छ” शाखा प्रमुख भट्टले भन्नुभयो ।आमा र शिशुको स्वास्थ्य राम्रो राख्न कार्यक्रमले सघाउ पु¥याएको उहाँको भनाइ छ । स्तनपान गराउने महिलाको सङ्ख्या विगतको तुलनामा बढेको छ । दुई कुपोषण उपचार केन्द्रमार्फत २३ महिना मुनिका अति कुपोषित बालबालिकालाई औषधियुक्त खानाको माध्यमबाट उपचार गर्ने व्यवस्था गरिएको छ । औषधियुक्त खानाको माध्यमले कुपोषित बालबालिका स्वस्थ हुन थालेका छन् ।

वडावडामा स्वास्थ्य सेवा पु¥याउन नगरपालिकाले स्वास्थ्य इकाई स्थापना अगाडि बढाएको छ । गत वर्ष वडा नं २, ८, १२ र १८ मा स्वास्थ्य इकाई स्थापना गरेको नगरपालिकाले यस वर्ष वडा नं ३, ११, १३ र १५ मा स्थापना गर्ने बताइएको छ । प्रत्येक इकाईमा स्वास्थ्य सहायक (एचए) को व्यवस्था गरी उपचारात्मक तथा प्रर्वद्धनात्मक सेवा प्रदान गरिने योजना छ । नगरपालिकामा हाल छ नगर स्वास्थ्य केन्द्र, एक स्वास्थ्य चौकी र दुई बर्थिङ्ग सेन्टर सञ्चालनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
नियमित अन्तराष्ट्रिय उडाउन बढाउने निर्णय
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
मुलुकभर वर्षा, केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातियाे !
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्ने
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्ने
कात्तिक २९ गते शनिवारको राशिफल यस्तो छ
कात्तिक २९ गते शनिवारको राशिफल यस्तो छ
मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी
मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी
हिमपात स् यातायात र हवाई उडान ठप्प
हिमपात स् यातायात र हवाई उडान ठप्प
संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया
संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया

तपाईंले छुटाउनुभयो कि?