ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि सेनाको छबि गिर्दै गएको आरोप

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि सेनाको छबि गिर्दै गएको आरोप

सारांश

  • नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा.
  • प्रेमसिंह बस्न्यातले सेनाको नाममा राजनीतिक कसैले पनि गर्न नहुने धारणा राखेका छन् ।
  • आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले ल्याईएको सेना परिचालनसम्बन्धी विद्येयकमा शंका गर्ने थुप्रै ठाउँहरु देखेको छु ।

नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातले सेनाको नाममा राजनीतिक कसैले पनि गर्न नहुने धारणा राखेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले ल्याईएको सेना परिचालनसम्बन्धी विद्येयकमा शंका गर्ने थुप्रै ठाउँहरु देखेको छु । अहिलेपनि म सेनाको पेन्सन खाइरहेको छु । बन्दुक, गोली, बारुद र युद्धकला भनेको यो राजनीति होईन । यो ब्यारेकमा राम्रोसँग राखिनुपर्छ । अहिलेका रक्षामन्त्रीले ‘डबल–स्ट्याण्ड’ देखाईरहेका छन् । चिप्ला कुरा गरेर हुँदैन् ।’

बस्न्यातले ईश्वर पोखरेल रक्षामन्त्री भएर आएको दिनदेखि नै सेनाको छबि गिर्दै गएको आरोप लगाए । उनले भने,‘रक्षामन्त्री भनेको त सेनाको पिता हो । तर, उहाँ रक्षामन्त्री भएपछि सेनाको छबि गिर्दै गएको छ । किनभने नेपाली सेनाले विम्स्टेकमा भाग लिएन भनेर दुनिया गाली गरियो, प्रधानमन्त्रीले गाली खाए, सेनाले गाली खायो, यी रक्षामन्त्रीले स्विकृति दिने चुईंक्क बोलेनन् । किन ?’

देशको राष्ट्रिय सुरक्षा नीति बनाउँदा देशको सबैभन्दा ठूलो चूनौति भारतीय नाकाबन्दी भनिएको उल्लेख गर्दै बस्न्यातले भने,‘यो रक्षामन्त्रीका मुखबाट उहाँले बनाएको सुरक्षा नीतिबाट आउने होईन, परराष्ट्रमन्त्रीले विनम्रताका साथ उहाँमार्फत यी चिजहरु आउनुपर्दथ्यो, तर कस्तो गल्ती भएको छ । के तपाईको नेपाली सेना के हाम्रो प्रधानमन्त्री, हाम्रो रक्षामन्त्री के अब लड्नुहुन्छ त भारतसँग ? मेरो रक्षामन्त्री भनेको सेनाको पिता हो, अस्ति अमेरिकाको सहायक रक्षामन्त्री आएर चीनको विरुद्धमा कुरा गर्दाखेरि मेरो रक्षामन्त्रीको घाँटीमा के अड्किएको थियो ? त्यसको प्रतिवादमा मित्रराष्ट्र चीनको राजदुतले बेलुका विज्ञप्ती निकाल्नुपर्दा उहाँले किन बोल्नुभएन ? हामीले धेरै रक्षामन्त्रीहरु देख्यौं, धेरै देख्यौं रक्षासचिवहरु, धेरै देख्यौं प्रधानमन्त्रीहरु, तर सुरक्षा परिषदको कुरा गर्दा प्रधानमन्त्रीले एकल खल्तीबाट सर्लक्क सेना परिचालन गर्नसक्ने विद्येयक रक्षामन्त्रीले किन लैजाने ? म प्रश्न गर्न चाहन्छु।’

बस्न्यातले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्नसक्नेगरि विद्येयक लैजानु रक्षामन्त्रीको गम्भिर गल्ती भएको टिप्पणी गरे । उनले भने,‘म आर्मीको प्रवक्ता होईन, तर मैले यस्ता सुरक्षा परिषद मैले धेरै देशको अध्ययन गरेको छु । मेरा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार भन्नेहरु यीनका ८/१० वर्षका रेकर्डहरु हेर्नुहोस् । यीनले खाएका डिएफआईडिका पैसाहरु, हामीले हिजो युद्ध लड्दा यो सेनालाई ठोक्नुपर्छ यो गर्नुपर्छ भनेर यत्रा यत्रा किताब लेख्नेहरु अहिले प्रधानमन्त्रीको त्यो ठाउँमा कुदिरहेका छन् ।’

वर्तमान गृहमन्त्रीका सल्लाहकार पनि त्यतिवेला सेना ढाल्नुपर्छ भनेर बोल्ने मान्छे भएको उनको भनाई थियो । उनले प्रश्न गरे,‘यो पृष्ठभुमि हो, आज सेनालाई किन खल्तीको गुडियाजस्तो प्रयोग गर्न खोजिँदैछ ? तर, रक्षामन्त्रीले विषय नबुझेकाहरुले विद्येयकको विरोध गरे भनेर भन्नुभएको छ, यस्तो चिप्लो रक्षामन्त्री मैले आजसम्म देखेको छैन् ।’

उनले आफूहरुलाई राजनीतिक कुरा र चिल्ला कुरा नआउने भन्दै मनमा अहिलेपनि बन्दुक रहेको सुनाए । उनले भने,‘हामी अहिलेपनि बन्दुके हौं, यो मनमा बन्दुक छ । हामी दाहिने बाहिने कुरा जान्दैनौं । सेनाले एस ओर नो सिकाउँछ ।’ उनले सेना परिचालनसम्बन्धी विद्येयक नियतवस ल्याईएको आरोप लगाएका छन् ।

बस्न्यातले थप प्रश्न गरे,‘नेपालको सरक्षा अवस्था ठिक छ कि छैन भनेर तीन वटा सुरक्षा निकायका प्रमुखले गर्ने हो कि राजनीतिक दलहरुले गर्ने हो ? नेपाली सेना भनेको तपाईको खल्तीको भुटेको मकै हो र ? यो तवरले विद्येयक ल्याउनु भनेको भोलि सेनालाई प्रहरीलाई गिजोलेजस्तो ढाल्ने योजना हो । भोलि यो ओली सरकार वा कम्युनिष्ट सरकारविरुद्धमा जनता आए भने पनि सेना परिचालन हुनसक्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?