जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए

सारांश

  • रुपन्देही, पुस २१ ।
  • तिनै मनोज पुन जसले २०७३ पुस ४ गते तत्कालिन युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो ।
  • टेलिफोनमार्फत सञ्चारकर्मीलाई फोन गर्दै पुनले तिवारीको हत्याको जिम्मा लिएका थिए ।

रुपन्देही, पुस २१ । तिनै मनोज पुन जसले २०७३ पुस ४ गते तत्कालिन युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । टेलिफोनमार्फत सञ्चारकर्मीलाई फोन गर्दै पुनले तिवारीको हत्याको जिम्मा लिएका थिए ।

त्यस्तै आज रुपन्देशकिो देवदह नगरपालिका भेकाबारमा दुर्गा तिवारीका पार्टनर बल पौडेल ‘बसन्त’ को हत्या भयो । बसन्तको हत्याको जिम्मा पनि पुनले लिएका छन् । शुक्रबार बिहान ११ बजे देवदह–२ मा बसन्तमाथि गोली हानी फरार रहेका पुनले हत्याको जिम्मा लिएका हुन् ।

पुनले टेलिफोनमार्फत बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

गोली लागेर घाइते भएका व्यवसायी तथा नेकपा एमालेका स्थानीय नेता बसन्तको उपचारको क्रममा मृत्यु भएको हो । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?