पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली

सारांश

  • इनरुवा, २७ साउन ।
  • सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सप्तकोशी नदीका कारण सुनसरीमा कुनै खतरा नरहेको बताउनुभएको छ ।
  • उहाँले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताउनुहुँदै पानीको बहावमा वृद्धि भएपनि कोशी नदीमा यही अवस्थाले पानीको बहाव रहिरह्यो भने पनि सुनसरीमा कुनै खतरा नरहेको बताउनुभयो ।

इनरुवा, २७ साउन । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सप्तकोशी नदीका कारण सुनसरीमा कुनै खतरा नरहेको बताउनुभएको छ ।

उहाँले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताउनुहुँदै पानीको बहावमा वृद्धि भएपनि कोशी नदीमा यही अवस्थाले पानीको बहाव रहिरह्यो भने पनि सुनसरीमा कुनै खतरा नरहेको बताउनुभयो ।

उहाँले सप्तकोशीका स्पर तथा बाँधहरु पहिले कमजोर भएपनि अहिले पहिलेको तुलनामा निकै मजबुत भएकाले तीनलाख क्युसेक प्रतिसेकेन्डसम्म पानी कोशी ब्यारेज भएर बग्दासम्म कुनै खतरा सुनसरीमा नहुने बताउनुभयो ।

केही सञ्चारमाध्यमले कोशीमा खतरा रहेको समाचार प्रसारण तथा प्रकाशन गरेपछि आफूहरुको ध्यान केन्द्रित भएको बताउनुहँुदै प्रजिअ पराजुलीले हल्लाको पछि नलाग्न आम जिल्लावासीलाई आग्रह गर्नुभयो ।

वर्षाको समयमा सप्तकोशी नदीमा पानीको बहाव घटबढ हुने क्रम चलिरहने भएकाले तीन लाखसम्म कुनै खतरा नरहेको बताउनुहुँदै त्योभन्दा माथि पानीको बहाव भएपछि मात्र सोच्नुपर्ने अवस्था आउने समेत बताउनुभयो ।

प्रजिअ पराजुलीले नदीमा पानीको सतह बढ्दै गएपनि स्परहरु सुरक्षित रहेको र नियमित अनुगमन जारी रहेकाले कोशी नदीको पानीले सुनसरीमा खतरा नरहेको र ढुक्क भएर नियमित काम गर्न आग्रह गर्नुभयो ।

उहाँले कोशी ब्यारेज निर्माण भएपश्चात् एकपटक सातलाख क्युसेक प्रतिसेकेण्डसम्म पानीको बहाव भएको तर अहिले दुई लाख ४० हजार क्युसेक पानीको बहाव भएकाले यसमा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक पानीको बहाव हुनेबित्तिकै रातो बत्ती बाल्ने प्रचलन भएकाले रातो बत्ती बाल्दैमा तथा रातो झण्डा फहराउँदैमा कुनै पनि खतरा भने नरहेको प्रजिअ पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
आजको मौसमः नेपालमा पश्चिमी वायुकाे प्रभाव रहने
आजको मौसमः नेपालमा पश्चिमी वायुकाे प्रभाव रहने
प्रेस चौतारी र  प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !
प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार ४००
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार ४००
किरात प्रदेश नाम राख्न मुख्यमन्त्री र प्रदेश सभामुख लाई २५लाख हस्ताक्षर सहित ज्ञापनपत्र
किरात प्रदेश नाम राख्न मुख्यमन्त्री र प्रदेश सभामुख लाई २५लाख हस्ताक्षर सहित ज्ञापनपत्र
प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द
सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द
वाग्मती नगरपालिकामा फनपार्क बन्ने
वाग्मती नगरपालिकामा फनपार्क बन्ने
मोबाइल र फेसबुकका कारण बैतडीमा बालविवाह बढ्दो
मोबाइल र फेसबुकका कारण बैतडीमा बालविवाह बढ्दो
भारत र चीनबीचको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाको आग्रह
भारत र चीनबीचको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाको आग्रह

तपाईंले छुटाउनुभयो कि?