वडाअध्यक्ष राई आफै पुगेर बाढ्छन सामाजिक सुरक्षा भत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
वडाअध्यक्ष राई आफै पुगेर बाढ्छन सामाजिक सुरक्षा भत्ता

सारांश

  • उदयपुर १३,माघ।
  • उदयपुरकाे त्रियुगा नगरपालिका वडा १६ का जनप्रतिनिधिहरूले गाउँ गाउँमा गएर वडा घुम्ति सेवा तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन ।
  • भत्ता पाउने एकल महिला, जेष्ठ तथा अपाङगता भएका नागरिकहरुको सहजताको लागि वडा कार्यालयले शनिवार त्रिुयुगा नगरपालिका वडा नम्बर १६ काे जाते र सिद्रेमा सामाजिक सुरक्षा भत्ता बितरण गरेकाे हाे ।

उदयपुर १३,माघ। उदयपुरकाे त्रियुगा नगरपालिका वडा १६ का जनप्रतिनिधिहरूले गाउँ गाउँमा गएर वडा घुम्ति सेवा तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन । भत्ता पाउने एकल महिला, जेष्ठ तथा अपाङगता भएका नागरिकहरुको सहजताको लागि वडा कार्यालयले शनिवार त्रिुयुगा नगरपालिका वडा नम्बर १६ काे जाते र सिद्रेमा सामाजिक सुरक्षा भत्ता बितरण गरेकाे हाे ।

वडा अध्यक्ष मान बाहादुर राई आफै गाउ गाउ पुगेर समाजिक सुरक्षा भत्ता बितरण गरे संगै स्थानिय बृद्द बृद्दा खुसि भएका छन । उनिहरूले बिगतका दिनमा सदरमुकाम गाईघाटमा गएर भत्ता बुज्ने गरेकाे भएपनि केहि महिना यता वडा अध्यक्ष अाफै अाएर सामाजिक सुरक्षा बितरण गर्दा अाफुहरू ज्यादै खुसि भएकाे बताएका छन । प्रत्येक ४/४ महिनामा टाेल टाेलमा गई भत्ता वितरण गर्ने कार्यले हिडडुल गर्न नसक्ने जेष्ठ नागरिक तथा अपाङता भएका व्यक्तिहरुलाई सहज भएको वडा अध्यक्ष मान बाहादुर राइले बताए ।

भौगोलिक विकटता र शारीरिक अवस्थाका कारण वडा सम्म आएर सबैले रकम बुझ्न नसक्ने अवस्था रहेको छ र साढे २ घण्टा हिडेर वडा कार्यलय सम्म पुग्न मुश्किल हुने गरेकाे कारण गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिएकाे अध्यक्ष राईले बताए । राईका अनुशार शनिवार भएकाे सेवामा नागरिकता प्रमाण २ वटा,नेपालि नागरिकता प्रतिलिपि २ वटा, बिधुत सिफारिस १ वटा, जन्म दर्ता १ वटा लगायतकाे सुविधा प्रदान गरिएकाे र आईतबार आहाले,साेमबार सुकाैरा र मंगलबार साईखाेलामा वडा घुम्ति सेवा तथा समाजिक सुरक्षा भत्ता बितरण गरिने समेत राईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?