किरात प्रदेश नाम राख्न मुख्यमन्त्री र प्रदेश सभामुख लाई २५लाख हस्ताक्षर सहित ज्ञापनपत्र
सारांश
- अस्विन खडका चैत्र १६, प्रदेश १ ।
- किरात प्रदेश नामाकरण गर्न माग गर्दै बिहीबार यायोक्खाले २५ लाख हस्ताक्षर सहित १ नम्बर प्रदेशका मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।
- किरात राई यायोक्खाले प्रदेश नम्बर १ को नाम ‘किरात प्रदेश’ राख्न माग गरेको छ,आफ्नो जातीय भेषभूषा र झाँकीसहित उपस्थित भएका किराती समुदायले मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारी लाई प्रदेश संसद परिसरमा ज्ञापनपत्र बुझाएका हुन् ।
अस्विन खडका
चैत्र १६, प्रदेश १ ।
किरात प्रदेश नामाकरण गर्न माग गर्दै बिहीबार यायोक्खाले २५ लाख हस्ताक्षर सहित १ नम्बर प्रदेशका मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।
किरात राई यायोक्खाले प्रदेश नम्बर १ को नाम ‘किरात प्रदेश’ राख्न माग गरेको छ,आफ्नो जातीय भेषभूषा र झाँकीसहित उपस्थित भएका किराती समुदायले मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारी लाई प्रदेश संसद परिसरमा ज्ञापनपत्र बुझाएका हुन् ।
भूगोल, भाषा, संस्कृति, सभ्यता र साझा पहिचानको आधारमा किरात राख्न उपयुक्त हुने माग गरेको अध्यक्ष तिलक राईले बताए , किरात शब्द आफैमा बहु पहिचान सहितको प्राचिन तथा सर्व स्वीकार्य नाम हो’ राईले भन्नुभयो किरात शब्द जातीय नभएर एक ऐतिहासिक, साँस्कृतिक, भौगोलिक, विशेषता सहितको एक सभ्यता हो ।
एक कालखण्डमा किरात प्राचिन इतिहास र भूगोल भएकोले १ नम्बर प्रदेशको नाम किरात राख्नुपर्ने उहाँको माग छ।प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न मागसहित २५ लाख जनता को हस्ताक्षर संकलन गरी प्रदेश सरकारलाई बुझाएको यायोक्खा ले जनाएको छ। देशको विविधता भएकाले मानव सभ्यता, संस्कृति र इतिहासलाई सम्बोधन गरी भावनात्मक एकताको सुत्रमा स्थापित गर्दै प्रदेशको नामांकन किरात प्रदेश राख्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै १ का मुख्यमन्त्री राईले नीतिगत रुपमा प्रदेश सरकारको नाम प्रदेशसभाले टुंगो लगाउने बताउनुभयो।प्रदेशसभाको दुईतिहाइ बहुमत ले प्रदेशको नाम राख्ने अधिकार दिएको छ’ उहाँले भन्नुभयो सरकारलाई बुझाएको ज्ञापनपत्र सबैको सामुहिक रुपमा राख्ने र दुई तिहाई पुगेमा नाम राख्न सकिने राई ले बताए ।
Narayan Kandel
Vutrako kirat pardes 2 4 jana thetna hallera hunxa k yo pardes ma 100 ka 100 kirat xan aalu jasto jatiya kura nagara
Ram Kumar Shrestha
मुख्यमन्त्री ज्यु ! २५लाख हस्ताक्षर मा हामिहरुले त गरेको छैन ।कसरी पुग्याे ? मत सर्वेक्षण गर्नुहाेला है । कसैलाई पनि असर नपर्ने भाैगाेलिक नाम पाे राख्ने कि ! जस्तैः काेशि,सगरमाथा,अरुण अादि ।
Pitambar Adhikari
राखे हुन्छ हाै, नामले के गर्छ ? हाम्रा बाजेहरू भाेजपुरमा संकल्प गर्दा भन्थे– मध्य कैरात प्रदेशे ।
आर जि बिरही
यो सबै क्रीते हस्ताक्षर हो !
Bhakta Bdr Sodari
Hi ni
Shiva Chhetri
Aaba sabai afno afno pardes rakhda vaiko ki kaso
Gyanu Khawash
गलत हो कुनै जाती बिसेशको नराखियोस यस्ले भोलिको दिनमा जाती जातिमा भजाउने हुन सक्छ अर्को कुरा 25 लाखले हस्ताक्षर बुजाको भन्ने कुरा गलत हो तेति पाखन्डी छैनन ऐलेका जनता
Gam Gadal
Uosto jatiya pardhes bhannu uo thulo jatiya dwnda nimthin6
संघर्ष शेर्पा गोले
किरात हरुले किर्ते सहि गरेर आफ्नो जाती विशेषको नाम राख्न नखोजियोस कुन मुर्खता ले हस्ताक्षर गर्छ यो समयमा यो सरासर गलत हो
Bhakta Bdr Sodari
Jatiya Rajaya Hudina
Bijaya Rasaili
mildaena ha
Tanka Prasad Sangraula
हामी बाहुनहरु पनि ५० लाखको हस्ताक्षर संकलन गरेर बुझाउँछौ, के बाहुन प्रदेश राख्नु हुन्छ तँपाईहरु?
Bhakta Gurung
No no no
Budhathoki Tiger
kirat rajya hunai saktaina never