कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार ४००

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार ४००

सारांश

  • बेइजिङ।
  • चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ।
  •  शुक्रबार चीनको भाइरस महामारीको कारण मर्नेको संख्या १ हजार ३८० पुगेपछि अमेरिकाले बेइजिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको छ।

बेइजिङ। चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ।
 
शुक्रबार चीनको भाइरस महामारीको कारण मर्नेको संख्या १ हजार ३८० पुगेपछि अमेरिकाले बेइजिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको छ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको यो भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन्।
 
प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ। पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ।

पछिल्लो समयमा निको भएर घर फर्र्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका बिरामीको सङ्ख्या झन्डै ६५ हजार पुगेको छ।

यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ।

स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ।

उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ। जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?