महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
३० पटक हेरिएको
Shares
महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले "पार्टीलाई उठाउने संकल्प अनि संकल्प कार्यान्वयन गर्ने क्रममा केन्द्रीय महाधिवेशन" सफलता पूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
  • थापाले थपे, "महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन, संगठन निर्माणको आन्दोलन र अभियान हो।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले "पार्टीलाई उठाउने संकल्प अनि संकल्प कार्यान्वयन गर्ने क्रममा केन्द्रीय महाधिवेशन" सफलता पूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। थापाले थपे, "महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन, संगठन निर्माणको आन्दोलन र अभियान हो।' पार्टीको "बागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखिकरण बैठक"लाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै थापाले संगठन निर्माणको जगमा पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने दृढता ब्यक्त गरे। काङ्ग्रेस र कम्युनिष्टको बिकल्पको रुपमा राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको समेत थापाले चर्चा गरे। सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने बिषयलाई  नेताहरुले गम्भीरतासाथ लिई काम गर्न थापाको आग्रह थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता दिपक बोहराले देशब्यापी रुपमा संगठन सुदृढीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिए। पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी र नेतृत्व प्रती चलाईएको भ्रम र घेराबन्दीलाई तोडेर अघि बढ्नुको बिकल्प नभएको बताए। कार्यक्रममा  बागमती प्रदेशका तेह्र जिल्लाका तिन सय पाँच प्रतिनिधिको सहभागीता थियो। केन्द्रीय पदाधिकारी सदस्य, प्रदेश समिती, जिल्ला-नगर-क्षेत्र र गाउँ पालिका प्रमुख र जनबर्गिए संगठनका प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा निर्बाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापाले समेत बोलेका थिए भने जिल्ला अध्यक्षहरुले धारणा राखेका थिए।

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति
सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति
कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….
कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
दाङमा जन्ती बोकेको जीप दुर्घटना, ६ को मृत्यु
दाङमा जन्ती बोकेको जीप दुर्घटना, ६ को मृत्यु
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
बन्द शरणार्थीको तेस्रो मुलुक पुनर्वास
बन्द शरणार्थीको तेस्रो मुलुक पुनर्वास
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
खुकुरी प्रहार गरी हत्या प्रयास
खुकुरी प्रहार गरी हत्या प्रयास

तपाईंले छुटाउनुभयो कि?