आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन अर्थलाभको योग रहेको छ । व्यापार व्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्व तर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुहोला । आजको दिन मौन रहनु शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापार व्यवसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । बिहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग सामान्य विवाद हुनसक्छ । कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै वेश हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सुुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले मनमा उर्जा थप गर्नेछ । आजको दिन शतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा भलो हुनेछ । आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आकस्मिक धनलाभ हुनेछ । सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज कसैलाई सापटी फिर्ता हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु वेश हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार सुुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन तपाईले सिर्जनात्मक काममा ध्यान दिनुहोला ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kostenlos anmelden

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    binance Register

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    Vince

    I’m truly enjoying the design and layout of your blog. It’s a very easy on the eyes which makes it much
    more pleasant for me to come here and visit more often. Did
    you hire out a developer to create your theme?
    Fantastic work!

    Also visit my web site … سفارش تابلو تبلیغاتی از تیم نئون افروز

    Comment Author

    100 USDT

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी
कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी
भारती सिलवाल गिरीको ‘त्यो… प्रस्तुति जसले सभाहललाई भावुक बनायो’
भारती सिलवाल गिरीको ‘त्यो… प्रस्तुति जसले सभाहललाई भावुक बनायो’
नयाँ रेकर्ड राख्यो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?
नयाँ रेकर्ड राख्यो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?
शिक्षक अभाव हुँदा उभिएरै पढ्छन विद्यार्थी !
शिक्षक अभाव हुँदा उभिएरै पढ्छन विद्यार्थी !
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
दशैँमा पनि चामल अभाव हुने
दशैँमा पनि चामल अभाव हुने
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
एभिन्यूज टेलिभिजनलाई स्पष्टिकरण, ३ दिनभित्र जवाफ दिन निर्देशन
एभिन्यूज टेलिभिजनलाई स्पष्टिकरण, ३ दिनभित्र जवाफ दिन निर्देशन