महेश थापाको व्यंगसंग्रह ‘नमोनमः’ भोली विमोचन हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
महेश थापाको व्यंगसंग्रह ‘नमोनमः’ भोली विमोचन हुँदै

सारांश

  • काठमाडौं, पुस १९ ।
  • व्यंगात्मक कलम चलाउने लेखक महेश थापाको व्यंगसंग्रह ’नमोनमः’ को विमोचनको मिति तय भएको छ ।
  • लेखक थापा शारीरिक रुपमा अशक्त छन् ।

काठमाडौं, पुस १९ । व्यंगात्मक कलम चलाउने लेखक महेश थापाको व्यंगसंग्रह ’नमोनमः’ को विमोचनको मिति तय भएको छ ।

लेखक थापा शारीरिक रुपमा अशक्त छन् । सामान्य रुपमा चल्ने एक हातको दुइ औंलाको सहायताले व्यंगात्मक रुपमा उनले कलम चलाउने गर्दछन् । सामाजिक तथा राजनीतिमा देखिएको विकृति विसंगति विरुद्ध थापाका व्यंगात्मक लेख लोकप्रिय मानिन्छन् ।

पुस २० गते बिहीबार दिउँसो २ः४५ बजे बत्तीसपुतली काठमाडौंको शिल्पी थिएटरमा हुन लागेको व्यंगसग्रहको विमोचन हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्ने बताइएको छ ।

‘नमोनमः’ विमोचनलाई मंजरी पब्लिकेसनले प्रायोजन गरेको छ ।

(colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?