सप्तरीमा बम विष्फोट गराउन खोज्ने दुई पक्राउ, बम निष्क्रिय
सारांश
- १२ मंसिर, सप्तरी ।
- राजविराजमा राखिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
- बम राखेको आशंकामा प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।
१२ मंसिर, सप्तरी । राजविराजमा राखिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बम राखेको आशंकामा प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।
राजविराज–कुनौली सडक खण्डअन्तर्गत बिष्णुपुर गाउँपालिकामा राखिएको बम नेपाली सेनाको टोलीले मंगलबार निष्क्रिय पारेको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयनजिकैको खेतमा सोमबार राति नै बम राखिएको थियो ।
बरहीबीरपुरस्थित नहर चोकबाट दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएपछि बम राखिएको सूचना बाहिर आएको हो । पक्राउ परेकाहरुको साथबाट रिमोट फेला परेपछि थप शंका लागेर प्रहरीले सोधपुछ गरेको थियो । प्रेसर कुकरमा आरडिएक्स प्रयोग गरेर बनाइएको बमलाई रिमोटबाट पड्किन सक्ने बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बमलाई तयारी गरेर टाढैबाट बम विष्फोट गराउने योजना उनीहरुको रहेको प्रहरीले जनाएको छ । ‘यो विष्फोट भएको भए ठूलो क्षति हुन सक्थ्यो’ जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले भने ।
पक्राउ परेकाहरुको नाम खुलाइएको छैन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान र सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया