उत्तर कोरियामा कोरोनामा देखिएका व्यक्ति को हुन्?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ११, २०७७
|
|
२० पटक हेरिएको
Shares
उत्तर कोरियामा कोरोनामा देखिएका व्यक्ति को हुन्?

सारांश

  • उत्तर कोरियामा कोरोना भाइरसको शंका गरिएको पहिलो घटना भेटिएको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ।
  • समाचार संस्था केसिएनएका अनुसार तीन वर्षअघि भागेर दक्षिण कोरिया पुगेका एक व्यक्ति दुई देशलाई छुट्याउने रेखावारि देखा परेका थिए र उनमा कोरोनाभाइरसका लक्षणहरू थिए।
  • नेता किम जङ अनले शीर्ष अधिकारीहरूसँग एउटा आपत्‌कालीन बैठक गर्दै उक्त सीमावर्ती शहर केसङमा लकडाउन जारी गरेका छन्।

उत्तर कोरियामा कोरोना भाइरसको शंका गरिएको पहिलो घटना भेटिएको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ।

समाचार संस्था केसिएनएका अनुसार तीन वर्षअघि भागेर दक्षिण कोरिया पुगेका एक व्यक्ति दुई देशलाई छुट्याउने रेखावारि देखा परेका थिए र उनमा कोरोनाभाइरसका लक्षणहरू थिए।

नेता किम जङ अनले शीर्ष अधिकारीहरूसँग एउटा आपत्‌कालीन बैठक गर्दै उक्त सीमावर्ती शहर केसङमा लकडाउन जारी गरेका छन्। आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि त्यहाँ कोभिड१९ का कुनै घटनाहरू नभएको बताएको थियो।

तर विश्लेषकहरू त्यस्तो सम्भव नहुने बताउँछन्।केसिएनएले भनेको छ ‘केसङ शहरमा आपत्‌कालीन रूपमा एउटा घटना भएको थियो। जहाँ तीन वर्षअघि गैरकानुनी रूपमा सीमा छुट्याउने रेखा काटेर दक्षिण कोरिया पुगेका एक व्यक्ति १९ जुलाईमा फर्किएका थिए।’

बीबीसीका अनुसार शनिवारको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपत्‌कालीन प्रणालीु लागु गर्न आदेश दिएका थिए।उक्त समाचार संस्थाका अनुसार किमले ती व्यक्तिबारे अनुसन्धान समेत सुरु गरेका छन्। जसमा निकै कडा सुरक्षा र निगरानी हुने उक्त क्षेत्रमा फर्कन ती व्यक्ति कसरी सफल भए भन्ने खोजिनेछ।

र त्यसमा जिम्मेवार व्यक्तिहरूलाई निकै कडा सजायु दिइने चेतावनी दिइएको छ।त्यति नै बेला दक्षिण कोरियाले असैनिकृत सीमा क्षेत्रमा हालै गैरकानुनी रूपमा कुनै आउजाउ भएको नदेखिएको जनाएको छ।

विश्वभर कोरोनाभाइरस फैलिरहँदा उत्तर कोरियाले आफ्नो सीमाना बन्द गर्दै हजारौँ मानिसहरूलाई ६ महिनासम्म आइसोलेसनमा राखेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?