मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन

सारांश

  • कतार, १० मंसिर।
  • ‘वन बेल्ट वन रोड’ कतार शिखर सम्मेलन का लागि आईतबार कतार जानुभएका मुख्यमन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गर्नुभएको छ ।
  • सम्मेलनमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यो सम्मेलनबाट विश्वभरका उद्यमीरुको बिकास गर्न सहयोग हुने धारणा राख्नुभयो ।

कतार, १० मंसिर। ‘वन बेल्ट वन रोड’ कतार शिखर सम्मेलन का लागि आईतबार कतार जानुभएका मुख्यमन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गर्नुभएको छ । सम्मेलनमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यो सम्मेलनबाट विश्वभरका उद्यमीरुको बिकास गर्न सहयोग हुने धारणा राख्नुभयो ।
सम्मेलनले अन्तराष्ट्रिय सहयोग आदान प्रदान प्रवद्र्धन हुने उहाँको भनाई थियो ।

अहिले विश्वको अर्थ व्यबस्था धेरै नै फराकिलो भएको भन्दै मुख्यमन्त्री पौडेलले अर्थव्यवस्थाको क्षमता वृद्धिदर माथि उठाउन जरुरी रहेको बताउनुभयो । वर्तमान समयमा क्षमता तथा आर्थिक वृद्धि दर सबै देशमा एकरुपमा नभएपनि एकै स्तरबाट बृद्धि दर माथि उकास्न सबै देशले हातेमालो गर्नुपर्ने पनि मुख्यमन्त्री पौडेलले बताउनुभयो । ‘गरिबी उन्मूलन विश्वको सबैभन्दा महान् चुनौती रहको छ’ –उहाँले भन्नुभयो । ‘अझैपनि लाखौं मानिसहरू शिक्षा, स्वास्थ्य, खानेपानी, लैङ्गिक समानता र जलवायु निवारण परिवर्तन सेवाको पहुँचभन्दा बाहिर रहेका छन् ।’

नेपालमा संविधान सभा पछि देश संघीय संरचना गएर अहिले अर्को उपलब्धी हासिल गरेको बताउँदै उहाँले राजनितिक अस्थिरता भोग्दै आएको नेपालले अहिले राजनितिक स्थिरता पाएर थप मजबुत हुने स्थितिमा पुगेको उहाँको भनाई थियो । नेपालमा ४ बर्ष अगाडि गएको भुकम्प र त्यसपछिको नाकाबन्दिपछि पुन आर्थिक विकासमा गति लिन थालेको बताउनुभयो । वर्तमान सरकार खाना, सुरक्षा, आधारभूत शिक्षा, प्राथमिक स्वास्थ्य, रोजगार, सभ्य आवास, सफा वातावरण र सामाजिक सुरक्षा सहित नेपाली नागरिक को मौलिक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहको पनि जानकारी दिनुभयो । चीनको ‘वन बेल्ट वन रोड’ को विकास लक्ष्य योजनाको प्रशंसा गर्दै उहाँले चीनसंग सिधा सम्पर्क भए नेपालले थप आर्थिक विकासको ढोका खोल्ने बताउनुभयो । विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहरुरू, विशेषज्ञहरूले कार्यक्रममा सहभागी हुनेछ ।

सम्मेलनमा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रीका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायतका प्रतिनिधिहरु सहभागि हुनेछन् । मुख्यमन्त्री पौडेलसंगै  प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले पनि कार्यक्रममा सम्बोधन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलेको टोली १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?