तीन वर्ष देखिकाे प्रेम सम्बन्ध चैट !
सारांश
- बलिउडको सबैभन्दा रोमान्टिक र फिट जोडी दिशा पटानी र टाइगर श्रफलाई फ्यानहरुले पर्दामा र पर्दापछाडी पनि उत्तिकै मन पराउँदै आएका छन् ।
- टाइगर आफ्नो फिट शरिर र आकर्षक नृत्य कलाका लागि चिनिने गर्छन् भने दिशा पनि उनलाई पछ्याउनमा माहिर छन् ।
- टाइगर र दिशा अभिनित चलचित्र बागी २ सन २०१८ को ब्लकबस्टर बलिउड फिल्म मध्ये एक हो ।
बलिउडको सबैभन्दा रोमान्टिक र फिट जोडी दिशा पटानी र टाइगर श्रफलाई फ्यानहरुले पर्दामा र पर्दापछाडी पनि उत्तिकै मन पराउँदै आएका छन् । टाइगर आफ्नो फिट शरिर र आकर्षक नृत्य कलाका लागि चिनिने गर्छन् भने दिशा पनि उनलाई पछ्याउनमा माहिर छन् । टाइगर र दिशा अभिनित चलचित्र बागी २ सन २०१८ को ब्लकबस्टर बलिउड फिल्म मध्ये एक हो । जसमा उनीहरुको जोडी निकै मन पराइएको थियो ।

तर यतिबेला उनीहरुको सम्बन्धमा केही अवरोह आइरहेको छ । भारतीय एक मिडियका अनुसार उनीहरुको प्रेम सम्बन्ध समाप्त भएको छ । टाइगर र दिशा पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्धमा बाँधिएका थिए । उनीहरु मात्र नभएर परिवार पनि कहिले काहीँ सँगै देखिने गथ्र्यो । पछिल्लो समय दिशाको भनाइमा टाइगरले नो किसिङ्ग क्लज साइन गरेका थिए । उनी चाहन्नथे कि कुनै फिल्ममा चुम्बन जस्तो सिन कैद गरियोस । टाइगर दिशाको लागि आफू पनि निकै बदलिएका थिए । जुन कुरा उनका साथिहरुबाट पनि सुन्न पाइन्छ । तर अब उनीहरु अलग भएका छन् ।
रिपोर्टका अनुसार दिशाका दिनहुँ आउने विवादास्पद कुराहरुले टाइगरलाई आजित बनाएको थियो । जसकारण उनले ब्रेकअप गर्ने फैसला गरे । दुवै मिलेर उल्झिएको सम्बन्धलाई एक नयाँ सुरुवात दिने प्रयास गरे तर त्यो कोशिश सफल हुन सकेन ।
एजेन्सी
प्रतिक्रिया