माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७८
|
|
२५ पटक हेरिएको
Shares
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आफ्नै बलबुतामा चुनाव लडेर पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
  • प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गठबन्धनको बैशाखी टेकेर नभई आफ्नै शक्ति, संगठन र मुद्धाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको बताए ।
  • माओवादी चुनावमा डराएर गठबन्धन गर्न खोजिरहेको प्रश्नमा प्रचण्डले भने,“ देशव्यापीरुपमा माओवादीप्रति जनमत बढ्दै गएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आफ्नै बलबुतामा चुनाव लडेर पहिलो शक्ति बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गठबन्धनको बैशाखी टेकेर नभई आफ्नै शक्ति, संगठन र मुद्धाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको बताए ।

माओवादी चुनावमा डराएर गठबन्धन गर्न खोजिरहेको प्रश्नमा प्रचण्डले भने,“ देशव्यापीरुपमा माओवादीप्रति जनमत बढ्दै गएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ माओवादी जाने होइन ।” माओवादी पहिलो शक्ति बन्ने प्रचण्डले दाबी गरे । 
केही दिनअघि एक कार्यक्रममा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन्छ भने पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको बताए । प्रचण्डले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बबताए । उनले भने, “कतिपय वृत्तमा अझै पनि निर्वाचन के हुन्छ भन्ने छ । निर्वाचन तोकिएको मितिमै हुन्छ, सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न सबैमा म अपील गर्दछु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा
खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा
साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !
साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !
चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत
चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै
जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
चार प्रदेश- न नाम, न राजधानी
चार प्रदेश- न नाम, न राजधानी
मैले थालेका काम विद्यासुन्दरले पूरा गर्छन् -केशव स्थापित
मैले थालेका काम विद्यासुन्दरले पूरा गर्छन् -केशव स्थापित
बुटवलको सस्तो मेलाको तयारी पूरा
बुटवलको सस्तो मेलाको तयारी पूरा
काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

तपाईंले छुटाउनुभयो कि?