कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १७, २०७७
|
|
२१ पटक हेरिएको
Shares
कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता

सारांश

  • कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
  • यस सहकार्य अन्तर्गत पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न सेवाहरुमा कुमारी बैंक लि।
  • का डेबिटरक्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सहकार्य अन्तर्गत पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न सेवाहरुमा कुमारी बैंक लि। का डेबिटरक्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा फ्रेन्च बकेरीका तर्फबाट निर्देशक बुद्ध श्रेष्ठज्यूले हस्ताक्षर गरेका छन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?