रोट्र्याक्ट क्लवको प्रौढ कक्षा समापन

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
रोट्र्याक्ट क्लवको प्रौढ कक्षा समापन

सारांश

  • बुटवल, १२ जेठ – रोट्र्याक्ट क्लव अफ बुटवल डाउनटाउनद्धारा संचालित साक्षरता अभियान कार्यक्रम समापन भएको छ ।
  • रोट्र्याक्ट भिलेज अभियान अन्तर्गत रुपन्देहीको देवदहमा प्रौढ कक्षा सञ्चालन गरिएको थियो ।
  • अभियानमा २० जनालाई ३ महिने प्रौढ कक्षा संचालन गरी साक्षर बनाईएको क्लवले जनाएको छ ।

बुटवल, १२ जेठ – रोट्र्याक्ट क्लव अफ बुटवल डाउनटाउनद्धारा संचालित साक्षरता अभियान कार्यक्रम समापन भएको छ । रोट्र्याक्ट भिलेज अभियान अन्तर्गत रुपन्देहीको देवदहमा प्रौढ कक्षा सञ्चालन गरिएको थियो । अभियानमा २० जनालाई ३ महिने प्रौढ कक्षा संचालन गरी साक्षर बनाईएको क्लवले जनाएको छ ।

कार्यक्रम समापनमा बोल्ने वक्ताहरुले एकजना महिला शिक्षित भए सिंगो परिवार नै शिक्षित हुने भएकोले प्रौढ कक्षा मार्फत साक्षर अभियान सञ्चालन गरिएको बताए ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष एकबहादुर सुनारले रोट्¥याक्ट क्लवको साक्षरता अभियानको सह्राना गर्दै आगामी दिनमा पनि वडा कार्यालयले सहकार्य गर्ने बताए । उनले भौतिक मात्र नभई मानवीय विकासमा शिक्षाको महत्व हुने बताए ।

रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष जीवन अधिकारीले क्लवको स्वार्थभन्दा माथि सेवा मूल मर्म भएको बताए ।

क्लवका अध्यक्ष राजिव गौतमको अध्यक्षतामा, सचिव रामप्रसाद बेल्बासेको संचालन, पूर्व अध्यक्ष बालकृष्ण पाण्डे, जनक दमासे, सीता माविका प्रधानाध्यापक महेश थैव, समाजसेवी रामप्रसाद शर्मा, आमा समुह अध्यक्ष लिला सुवेदी, प्रशिक्षक ईन्दिरा शर्मा, प्रशिक्षार्थी बेलमती गिरी लगायतले क्लवले संचालन गरेको कार्यक्रमको सह्राना गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्
पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
मन्त्रालयभित्रै उपसचिवमाथि कर्मचारी नेताले गरे हातपात
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १लाख ७७ हजार ४५९ पुग्यो
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १लाख ७७ हजार ४५९ पुग्यो
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
गच्छदारकाे बचाउ गर्दै कांग्रेसद्वारा संसद बैठक अवरोध
गच्छदारकाे बचाउ गर्दै कांग्रेसद्वारा संसद बैठक अवरोध
संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने…
संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने…
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत
बालकुमारीमा बिलायो सपना
बालकुमारीमा बिलायो सपना