भरतपुरमा अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
५१ पटक हेरिएको
Shares
भरतपुरमा  अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !

सारांश

  • सुर्य प्रसाद अधिकारी , जेठ२१, चितवन ।
  • भरतपुर महानगरपालिका वडा नम्वर ४ र ७ का विजयी वडा अध्यक्षहरुलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारवाहि नगर्नु नगराउनु भनि आज उच्च अदालत पाटन हेटौडा ईजलासले विपक्षिका नाममा आदेश दिएको छ ।
  • वडा नम्वर ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनु भएका उपेन्द्रराज सापकोटा मतान्तर सातले पराजित हुनु भएको थियो भने वडा नम्वर ७ मा नेपाली काँग्रेसकै श्याम प्रसाद लामिछाने मतान्तर १४ ले पराजित हुनु भएको थियो ।

सुर्य प्रसाद अधिकारी , जेठ२१, चितवन ।

भरतपुर महानगरपालिका वडा नम्वर ४ र ७ का विजयी वडा अध्यक्षहरुलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारवाहि नगर्नु नगराउनु भनि आज उच्च अदालत पाटन हेटौडा ईजलासले विपक्षिका नाममा आदेश दिएको छ ।
वडा नम्वर ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनु भएका उपेन्द्रराज सापकोटा मतान्तर सातले पराजित हुनु भएको थियो भने वडा नम्वर ७ मा नेपाली काँग्रेसकै श्याम प्रसाद लामिछाने मतान्तर १४ ले पराजित हुनु भएको थियो । वडा नम्वर ४ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद आचार्य र वडा नम्वर ७ बाट सोहि पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित हुनु भएको थियो । कम मतले पराजित हुनु भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षि वनाई उच्च अदालत पाटनको हेटौडा ईजलासमा मुद्धा दायर गर्नु भएको थियो ।
ती दुवै मुद्धामाथि अदालतका न्यायधिश वावुराम रेग्मिको एकल ईजलासले उच्च अदालत नियमावली २०७३ को नियम ६१ वमोजिम आज अन्तरकालीन आदेश जारी गरेको हो । आदेशमा विपक्षिहरुबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?