पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

सारांश

  • काठमाडौं।
  • चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ।
  • शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक- एक गोल गरे ।

काठमाडौं। चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ।

शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक- एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहिन रहे। बाकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन्।

जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ। आज नै भएको खेलमा स्विजरल्यान्डलाई १–० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?