मुख्यमन्त्री बन्ने एमालेका आकांक्षीहरुको भनाइ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मुख्यमन्त्री बन्ने एमालेका आकांक्षीहरुको भनाइ

सारांश

  • मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् ।
  • सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ ।
  • संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन् ।

मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ । संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन् । एमालेबाट मुख्यमन्त्रीका आकांक्षी अधिकांश नेता प्रदेश सभा संसदीय दलको नेताका लागि निर्वाचनमा भिड्ने तयारीमा छन् ।

स्थायी समितिबाट निर्णय होस् : अष्टलक्ष्मी शाक्य
स्थायी समितिमा दुई पार्टीको तालमेलबारे छलफल हुने भएकाले कहाँ, कसरी दलको नेता बनाउने छलफल गरेरै निर्णयमा पुग्दा राम्रो हुन्छ । त्यसपछि दलको बैठकबाट निर्णय गर्नुपर्छ । कोही पनि आफ्नो लबिङमा लाग्नु राम्रो होइन ।

माथिबाट निर्णय गर्दा बहुमत कमान्ड हुँदैन : भीम आचार्य
एमालेमा तल (प्रदेश सभा)बाटै दलको नेता निर्वाचित हुन्छ । ५ नम्बर प्रदेशले चुनिसक्यो । माथि (स्थायी समिति)बाट व्यक्तिको नाममा निर्णय भयो भने प्रदेश सभामा कुनै पनि वेला दलको नेताले बहुमत कमान्ड नगर्न (गुमाउन) सक्छ । त्यसैले तलबाट जो दलको नेता चुनिन्छ, उही मुख्यमन्त्री बन्छ । सकभर सर्वसम्मत होला, तर भोटिङै हुँदा पनि आकाश खस्दैन, तर्सिन जरुरी छैन ।

चुनावका लागि मिति तोक्नुपर्छ  : पृथ्वीसुब्बा गुरुङ
स्थायी समितिले अहिलेसम्म केही पनि भनेको छैन । त्यसकारण अहिल्यै भन्न सकिन्न । स्थायी समितिले संसदीय दलको बैठकको मिति तोकिदिनुपर्‍यो । निर्वाचन प्रक्रिया अघि बढाउने, व्यवस्थापन गर्ने कामको जिम्मा दिएर स्थायी समितिले निर्वाचन आयोगका जिम्मेवार व्यक्तिलाई खटाउनुपर्छ । मुख्यमन्त्री नपाएको ठाउँमा पनि त दलको नेता चुन्नुपर्नेछ ।

स्थायी समितिले प्रक्रियाको निर्णय गरोस् : किरण गुरुङ
प्रदेश नम्बर ५ मा अरू दाबेदार नभएकाले सजिलै दलको नेता चुनियो, स्थायी समितिको निर्णय पर्खिनै परेन । तर, अन्य प्रदेशमा धेरै दाबेदार भएकाले कुन प्रक्रियाबाट टुंग्याउने भन्ने निर्णय स्थायी समितिले गर्नुपर्छ । चुनावबाट या सर्वसम्मत नाममा निर्णय गरेर चुन्ने स्थायी समितिले जे भन्छ, त्यसअनुसार नै दलको नेता छानिनेछ ।

चुनाव हुँदा म बलियो उम्मेदवार  : शेरधन राई
पहिला संसदीय दलमा चुनावबाटै दलको नेता चुनिएकाले स्थायी समितिले निर्णय नगर्दा प्रदेश सभा संसदीय दलमा एकभन्दा बढी उम्मेदवार भएको अवस्थामा चुनाव हुन्छ । स्थायी समितिबाट मेरो या अरू जसको नाममा निर्णय भए पनि म स्वीकार गर्छु । तर, त्यसो नभएमा प्रदेश सभामा आफूलाई बलियो उम्मेदवारका रूपमा प्रस्तुत गर्नेछु ।

सबै ठाउँमा चुनाव हुन्छ, म जित्छु : राजेन्द्रप्रसाद पाण्डे
प्रदेश संसदीय दलको नेतामा चुनाव लड्ने तयारी गरिरहेको छु । स्थायी समितिले माथिबाट निर्णय गर्ने भन्ने हुन्न । किनभने ५ नम्बर प्रदेशमा स्थायी समितिको निर्णयविनै दलको नेता चुनिएकाले सबै प्रदेशमा चुनावै हुने हो । दलको नेता जितेर मुख्यमन्त्री बन्नेमा म विश्वस्त छु ।

माओवादी नेता पनि दलको नेता बन्ने लबिङमा
प्रदेश ६ मा मुख्यमन्त्रीका आकांक्षी महेन्द्रबहादुर शाही र नरेश भण्डारी तथा ७ मा वीरमान चौधरी र झपट बोहरा पनि दलको नेता बन्ने लबिङमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?