एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
सारांश
- एएफसी कपको समूह चरणको खेलमा बुधबार मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दैछ।
- मनाङले घरेलु मैदानको रूपमा एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे औपचारिक रूपमा एएफसी कप सुरुवात गर्न लागेको हो।
- लिग च्याम्पियनको हैसियतले एएफसी कप खेल्न लागेको मनाङका कप्तान विराज महर्जनले तयारी छोटो भए पनि टिमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
एएफसी कपको समूह चरणको खेलमा बुधबार मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दैछ। मनाङले घरेलु मैदानको रूपमा एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे औपचारिक रूपमा एएफसी कप सुरुवात गर्न लागेको हो। लिग च्याम्पियनको हैसियतले एएफसी कप खेल्न लागेको मनाङका कप्तान विराज महर्जनले तयारी छोटो भए पनि टिमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। ‘हामीले छोटो समयमा भएपनि राम्रो तयारी गरेका छौँ। राष्ट्रिय टोलीको ड्युटीपछि हामीले सँगै रहेर प्रशिक्षण गरेका छौँ’,उनले भने, ‘लिगको टोलीमा केही खेलाडी थपिएका छन्। अझै राम्रो प्रदर्शन हुने अपेक्षा छ।’ मनाङको समूहमा ढाकासँगै भारतको मिनेर्भा पञ्जाब र चेन्नईका फुटबल क्लब रहेका छन्।
मनाङले होम एण्ड अवे गरेर ६ खेल खेल्नेछ। मनाङका प्रशिक्षक छिरिङ लोप्साङले घरेलु मैदानमा निश्चित जितका लागि मैदान उत्रिने बताए। उनले भने ‘घरेलु मैदानमा राम्रो खेल्ने छौँ। टिम राम्रो बनेको छ,’ अबहानीसँगको खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने, ’डिफेन्स लाइन, मिडफिल्ड र स्ट्राइकिङ बलियो बनाएका छौँ। लिगमा भन्दा धेरै नयाँ खेलाडी आएका छन्। जित हाम्रो लक्ष्य हो।’
मनाङटिम गोलरक्षक–विशाल श्रेष्ठ, दीप कार्की र अशोक बराल डिफेन्डर– विराज महर्जन (कप्तान), कमल श्रेष्ठ, सुरज विक, देवेन्द्र तामाङ, प्रवेश दनुवार, अजिज शाहिद र मुहमद आसिफ मिडफिल्डर– अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, शिव श्रेष्ठ र अभिषेक रिजाल फरवार्ड– आफिज ओलावाले, आडेलाजा सोमिडे र विमल राना
प्रतिक्रिया