श्रीमतीलाई खुवाए विमलेन्द्रले केक (हेर्नुहोस् ९ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
३९ पटक हेरिएको
Shares
श्रीमतीलाई खुवाए विमलेन्द्रले केक (हेर्नुहोस् ९ तस्बिरमा)

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको ठमेलमा सुविधा सम्पन्न ‘ओजी लन्च’ रेष्टुरेन्टको उद्घाटन गरिएको छ ।
  • पूर्व गृहमन्त्री विमलेन्द्र निधि र काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले संयुक्त रुपमा केक काटेर उद्घाटन गरेका हुन् ।

काठमाडौं । काठमाडौंको ठमेलमा सुविधा सम्पन्न ‘ओजी लन्च’ रेष्टुरेन्टको उद्घाटन गरिएको छ । पूर्व गृहमन्त्री विमलेन्द्र निधि र काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले संयुक्त रुपमा केक काटेर उद्घाटन गरेका हुन् ।ठमेलको सञ्चय कोष नजिकै रहेको ‘ओजी लन्च’ रेष्टुरेन्टमा करिब ८ बजेतिर विमलेन्द्र निधि सपरिवारका साथ आइपुगे । त्यहाँ उनी परिवारका साथ बेलुकाको डिनरको लागि नभईकन रेष्टुरेन्ट उद्घाटन गर्न आएका हुन् ।रेष्टुरेन्ट उद्घाटन गर्न निधि मात्र होइन् त्यहाँ काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीलाई पनि विशिष्ट अतिथिको रुपमा निम्त्याइएको थियो । उनी निधिभन्दा केही पहिले नै रेष्टुरेन्टमा सुरक्षा गार्डसहित आएर सबै जनासँग चिनापरिचय गरिरहेका थिए ।

निधि आइपुगेपछि त्यहाँ एकछिन सबै जना चुपचाप भए । निधिले रेष्टुरेन्ट संचालक दिनेश श्रेष्ठलाई फुलमालासहित बधाई दिए । त्यसपछि निधि र जोशीले रेष्टुरेन्टको अवलोकन गरे ।

अवलोकनपछि निधि र जोशी बसिरहेको ठाउँमा मिडिया झुम्मिन पुगे । उनीहरुको फोटो मिडियाको क्यामेरामा कैद भएपछि औपचारिक रुपमा कार्यक्रमको सुरु भयो । भाषण गर्ने कार्यक्रम नभएको कारण सुरुमै केक काटेर रेष्टुरेन्टको उद्घाटन गर्ने थियो ।

केक काट्ने बेलामा निधिसँगै उनकी श्रीमती पनि साथमा थिइन् । निधि र जोशीले संयुक्त रुपमा केक काटे । केक काटिसकेपछि निधिले श्रीमतीलाई केक खुवाए, त्यसपछि निधिलाई उनकी श्रीमतीले खुवाइन् ।

त्यसपछि छवि जोशी, रेष्टुरेन्टस संचालक दिनेश श्रेष्ठ गर्दै चिनजानका मान्छेलाई निधिले केक खुवाए । त्यसपछि सबैले पालैपालो केक खुवाइरहेका थिए । त्यहाँ आउने सबै पाहुनाले भरपुर रुपमा मनोरन्जन लिइरहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा
मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा
प्रचण्डको स्पष्टीकरण  हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
प्रचण्डको स्पष्टीकरण हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत
शेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ
शेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ
Preventing Data Leaking
मंसिर ६ गते शनिवारको राशिफल यस्तो छ
मंसिर ६ गते शनिवारको राशिफल यस्तो छ
ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने