मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
२८ पटक हेरिएको
Shares
मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते

सारांश

  • हुम्ला।
  • मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन्।
  • सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो।

हुम्ला। मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन्।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो। मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।

उनका अनुसार सो जिपमा चालकसहित नौ जना सवार रहेका थिए। प्रनाउ बस्नेतले भने, “मृतकमा सर्केगाड गाउँपालिका-२ रिपका राम परियार, सिमकोट गाउँपालिका-२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ।”

जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ।

एक जना सख्त घाइते भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। हुम्लाका घाइते यात्रु उजिर बोहरा र अन्य मुगुका घाइतेलाई मुगु सदरमुकाम गमगढी स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ।

दुर्घटनामा परी चालकसहित मुगुका दुई यात्रु र हुम्लाका बोहरा सख्त घाइते भएका छन्। घाइते सबैको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि मुगु जिल्ला बाहिर लैजानुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जिल्ला सदरमुकामतर्फ जाँदै गरेको उक्त जिपमा चालकसहित नौ यात्रु थिए। जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?