मुग्लिङ्ग नारायणगढ सडकको दुराबस्थाका कारण भरतपुर विमानास्थलमा उडान संख्या थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares
मुग्लिङ्ग नारायणगढ सडकको दुराबस्थाका कारण भरतपुर विमानास्थलमा उडान संख्या थपिए

सारांश

  • सुर्यप्रसाद अधिकारी २१ असार,चितवन   देशकै मध्य भागमा रहेको चितवनको मुग्लिङ्ग नारायणगढ सडकखण्ड दुराबस्थाका कारण काडमाडौं जाने यात्रुहरु अहिले हवाईमार्ग हुदै काठमाडौं जानुपर्ने बाध्यता छ ।
  • सो सडकको पुर्ननिमार्ण संगै बर्षायाममा ठुलाठुला पहिरो जान ेगरेकाले बैकल्पिक यात्राका लागि यात्रुहरुले हवाईमार्ग रोजेका हुन।
  • पछिल्लो समय यात्रुहरुको चापबढेसंगै विमान कम्पनीहरुले उडान संख्या समेत थप गरेका छन ।

सुर्यप्रसाद अधिकारी

२१ असार,चितवन

 

देशकै मध्य भागमा रहेको चितवनको मुग्लिङ्ग नारायणगढ सडकखण्ड दुराबस्थाका कारण काडमाडौं जाने यात्रुहरु अहिले हवाईमार्ग हुदै काठमाडौं जानुपर्ने बाध्यता छ । सो सडकको पुर्ननिमार्ण संगै बर्षायाममा ठुलाठुला पहिरो जान ेगरेकाले बैकल्पिक यात्राका लागि यात्रुहरुले हवाईमार्ग रोजेका हुन। पछिल्लो समय यात्रुहरुको चापबढेसंगै विमान कम्पनीहरुले उडान संख्या समेत थप गरेका छन ।

 

भरतपुरमा संञ्चालनमा आएका वुद्ध, यति र सिम्रिक विमान कम्पनीले उडान भर्दै आएका छन् । नियमित उडान ३ वटा मात्रै रहेको यति र वुद्ध एयरलाईन्सले अहिले दैनिक ७ देखि ९ वटा उडान भर्दै आएका छन् । यात्रुहरुको अत्याधिक चापका कारण बिगत १५ दिन देखि उडान संख्या थपेको भए पनि ती उडानहरुले अहिले चितवनको चाप थेग्न नसकेको वुद्ध एयरका सहायक प्रवन्धक राजन अधिकारीले बताए । चितवनमा अहिले असारको महिनामा मुग्लिङ्ग नारायण सडक खण्डको पहिरो र जोखिमका कारण विमान प्रयोग गर्नेको संख्या वढ्दै गएको उनको भनाई छ

 
भरतपुर बिमानस्थलले दिएको जानकारी अनुसार सन २०१७ को मे माहिनामा मात्र ९ हजार दुई सय १२ जनाले विमानको प्रयोग गरेको तथ्याङ्क उल्लेख छ । जुन महिनामा मात्र ९ हजार २ सय ८२ जनाले हवाई यात्रा प्रयोग गरेको तथ्याङ्कमा देखिन्छ । बिमानको प्रयोग गर्नेको संख्या वढे पनि टिकट नपाउदाँ समस्या आउने गरेको यति एयरलाईन्सका शाखा प्रबन्धक राजेश सिंहले बताए । पहिला ३ वटा उडान रहेको यतिले अहिले दैनिक ९ वटा उडान भर्दै आएको छ । तर सर्वसाधारणले आवश्यकता अनुसारको टिकट पाउन सकेका छैनन् । तापक्रम घट्दा जहाजले सजिलै टेकअन गर्छ र पुरै क्षमता सीटसंख्याका यात्रु उडाउन सकिन्छ उनले भने तापक्रमबढ्दा जहाजले भारी उडान गर्न सक्दैन , जसले गर्दा पुरै सीटसंख्याका यात्रुहरु भर्न सकिदैन। तापक्रममा आएको वृद्धिका कारण विमानले क्षमता अनुसारको यात्रु वोक्न नसक्दा समस्या आएको उनले बताए ।

 
गत महिनाहरुको तुलनामा अहिलेको समयमा यात्रुको चाप वढ्दै गएको भरतपुर बिमानस्थलका प्रमुख पवन कुमार गौतमले जानकारी दिए । अहिले दैनिक २० वटा सम्म उडान भए पनि उत्तिकै अनुपातमा यात्रुको चाप वढेको उनले बताए । यात्रुहरुको चाप बढेतापनि यात्रुहरुको सहजताको लागि आफूले बिमान कम्पनीहरुसंग सहजीकरण गरिरहेको उनको भनाई छ। यति यएरलाईन्सको एउटा उडानमा ३० जना सम्म यात्रु वोक्ने सीट क्षमता छ भने वुद्ध एयरसंग ४७ देखि ८२ जना यात्रुसम्म बोक्ने सीट क्षमता छ । भरतपुर विमानास्थलमा विहान ७ वजे देखि साँझ ५ वजे सम्म नै यात्रुहरुलाई सेवा दिदै आएका छन।

 
उडान संख्या थपेतापनि यात्रुहरुको समस्या उस्तैै
भरतपुरबाट बिमानको प्रयोग गर्नेको संख्या वढे पनि टिकट नपाउँदा यात्रुहरुमा समस्या आउने गरेको छ। स्थानीय सन्दीप कुमार श्रेष्ठ मुग्लिङ्ग नारायणगढको सडकको कारण आफूले हवाई मार्ग प्रयोग गर्नुपरेको सुनाउंछन समयमा काठमाडौ नजाउंँ मेरो परीक्षा छुट्ने , जाउंँ ५दिनदेखि टिकटको लागि एयरलाइन्स धाउंँदा बल्ल बल्ला टिकट पाएको पीडा उनी यसरी सुनाउंँछन । सबै यात्रुको साझा समस्या उस्तै छ ।

 

अधिकांश टिकटहरु एकहप्ता देखिनै प्याक भइसकेको कारण आफूहरु समस्यामा परेको यात्रुहरुको गुनासो विमान कम्पनीले बेहोर्दै आएको छ । तर कम्पनीका कर्मचारीहरुले भने केही सिट संख्या ट्राभल एजेन्सीलाई दिएतापनि यात्रुहरुको चापको कारण आ आफ्नो कार्यलयबाटनै टिकटहरु बिक्री गरेको बताउंँछन। यस्तै समयमै टिकट नपाउंँदा चितवनको सौराहाको पर्यटन समेत प्रभावित भएको छ। भुकम्पले भन्दा नोक्सान अहिले मुग्लिङ्ग नारायण सडकले पुरयाएको क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए। जसले गर्दा बाह्य पर्यटक लगायत आन्तरीक पर्यटनसमेत शुन्य छ ।

 
इन्धन घटेसंगै जहाज भाडा पनि सस्तियो

हवाइ इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाइ भाडा सस्तिएको छ । नेपाल आयल निगमले केही दिनअघि हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले हवाइ भाडा दर घटाएका हुन ।

 
नयाँ भाडादरअनुसार अब काठमाडौंबाट भरतपुरका लागि ३ हजार ३ सय ५३ रुपैयाँ कायम गरिएकोछ । यसभन्दा अघि यात्रुहरुले रु तीन हजार ५ सय कायम तिर्दै आएका थिए । निगमले हवाइ इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । निगमले हवाइ इन्धनको मूल्य प्रतिलिटर रु. चार घटाएर रु. ८२ बनाएको थियो । यही असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिइन् ।

 
नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा रु. सात हजार १ सय ४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा रु सात हजार २ सय थियो । त्यस्तै भद्रपुरको भाडा रु आठ हजार ६ सय ७६, भैरहवाको रु पाँच हजार ९ सय १३, धनगढीको रु १२ हजार १९ र नेपालगञ्जको रु आठ हजार ३ सय ६५ पर्छ । यसअघि भद्रपुरको रु आठ हजार ७ सय, भैरहवाको रु. छ हजार, धनगढीको रु १२ हजार २ सय र नेपालगन्जको रु नौ हजार ५ सय थियो ।

 
त्यसैगरी पोखरा जान पहिला रु चार हजार ७ सय तिर्नुपथ्यो भने अब रु.चार हजार ६ सय ३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान रु तीन हजार ९ सय ४८ लाग्नेछ । पहिला यही रुटमा रु. चार हजार लाग्थ्यो ।

 
सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने रु. ४० मात्र घटेको छ । सिमरा जान पहिला रु तीन हजार ४५ लाग्थ्यो भने अब रु. तीन हजार पाँच तिरे पुग्छ । तुम्लिङ्टारको भाडा रु पाँच हजार ७ सयबाट घटाएर रु पाँच हजार ६ सय २३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि रु ११ हजारबाट घटाएर रु १० हजार ८ सय ६२ कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?