मुलक अब स्थिरता र समृद्धिको मार्गमा अघि बढिसक्यो : पूर्वमन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मुलक अब स्थिरता र समृद्धिको मार्गमा अघि बढिसक्यो : पूर्वमन्त्री बस्नेत

सारांश

  • तुलसीपुर, २७ जेठ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले मुलुक समृद्धिको मार्गमा एक कदम अघि बढिसकेको बताएका छन् ।
  • रिपोर्टस् क्लब दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले नयाँ संरचना अनुसार तीनै तहको सरकार गठन भइसकेको र कम्युनिष्टको सरकार भएकाले देश अब संमृद्धिको मार्गमा अघि बढिसकेको बताए ।

तुलसीपुर, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले मुलुक समृद्धिको मार्गमा एक कदम अघि बढिसकेको बताएका छन् । रिपोर्टस् क्लब दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले नयाँ संरचना अनुसार तीनै तहको सरकार गठन भइसकेको र कम्युनिष्टको सरकार भएकाले देश अब संमृद्धिको मार्गमा अघि बढिसकेको बताए ।

“बिगतका सरकार अस्थिर हुने भएकाले एउटा सरकारले गरेको काम अर्को सरकारले उल्टाउने प्रवृत्ति थियो”, उनले भने, “तर अब पाँच बर्षमा कम्युनिष्टको स्थिर सरकार हुने भएकाले विकास र समृद्धिको मार्गमा मुलुक अघि बढ्छ ।”

रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले मुलुक संविधान कार्यान्वयनको चरणमा अघि बढेको भन्दै जनताले नदेखेको भबिष्य देखाउन लागिपरेको समेत बताए । “संविधान कार्यान्वयनको चरणमा अघि बढिसेकेको छ”, उनले भने, “हामी जनताले नदेखेको भबिष्य देखाउन प्रयत्न गरिरहेका छौं ।” उझै पनि संविधान कार्यान्वयनको विषयमा शंका उब्जिरहेको भन्दै उनले जनताले विश्वास गर्नेगरी संविधान कार्यान्वयनलाई अगाडि बढाइने बताए । उनले अब राजनीतिक लडाई सकिएको भन्दै मुलुक विकास र समृद्धिको मार्गमा अघि बढिरहेको बताए ।

समृद्ध नेपाल निर्माणका लागि दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता भएको समेत उनको भनाई थियो । अहिले मुलुकले विकास चाहेको भन्दै सरकार स्थिर भएमा विकास र समृद्धिको मार्गमा मुुलुक अघि बढ्ने बताए । जसले गर्दा पनि दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता भएको उनको भनाई थियो । उनले अबको तीन महिनाभित्र जिल्लास्तरमा पनि पार्टी एकता भइसक्ने बताए । “जिल्लामा पार्टीको संरचना कस्तो बन्ने भन्ने कुराको टुंगो लागिसकेको छ”, उनले भने, “अब त्यहीअनुसार प्रदेश इञ्चार्ज र संयोजकले गृहकार्य अगाडि बढ्छ ।” साक्षात्कारको सहजीकरण रिपोर्टस् क्लब दाङका सदस्य सन्तोष केसीले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?