आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १६, २०७९
|
|
३३ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आज रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आज नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । आजको दिन कुनै तीर्थस्थलीको यात्रा गरेर काम गर्दा सफलता मिल्नेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

व्यापार व्यवसायबाट प्राप्त हुने धनलाभले अत्यन्त खुसियाली मिल्नेछ । व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन सकारात्मक सोच हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनेछ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा हर्षित हुनु पर्ने हुन्छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन शुभ छ । आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने हानी हुनसक्छ । सामाजिक सेवाको क्षेत्रमा काम गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आज परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातकका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । शिबालय यात्रा गरेर कुमारी कन्या र बृद्ध मातालाई खानेकुरा उपहार दिनुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सुुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला । शुक्रबार गरिएको कारोबार छिटो प्राप्त नहुनसक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने सफलता मिल्नेछ । कसैसँग पनि विवाद हुने काम र कुरा नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि भएका जातकका लागि आजको दिन राम्रो छ । सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन मानसम्मान मिल्ने योग छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन देवी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकका लागि आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहान सूर्योदयको दर्शन गरेर मात्र आजको दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लगाउनु होला । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाको काममा समय दिनु भए राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    nimabi

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे
नाम लिस्ट सहित हेर्नुहोस  कुन पार्टीबाट काे–को परे समानुपातिकमा?
नाम लिस्ट सहित हेर्नुहोस कुन पार्टीबाट काे–को परे समानुपातिकमा?
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
हाइहाई नेपाल बाइबाई कोरोना
हाइहाई नेपाल बाइबाई कोरोना
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

तपाईंले छुटाउनुभयो कि?