“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २३, २०७९
|
|
२७ पटक हेरिएको
Shares
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा

सारांश

  • काठमाडौं ।
  •  स्थानीय तहकोे निर्वाचन नजिकिएसँगै देशको हरेक वडामा चुनावी माहोल तातेको छ ।
  • देशभर करिब एक लाख पचाँस हजार उम्मेद्वारहरु अहिले चुनाव प्रचार प्रसारमा व्यस्त छन् ।

काठमाडौं । स्थानीय तहकोे निर्वाचन नजिकिएसँगै देशको हरेक वडामा चुनावी माहोल तातेको छ । देशभर करिब एक लाख पचाँस हजार उम्मेद्वारहरु अहिले चुनाव प्रचार प्रसारमा व्यस्त छन् । कोरोना भाइरसले विश्व अर्थतन्त्र धरासायी भएको अवस्थामा नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक विकासका लागि यस निर्वाचनले ठूलो महत्व राखेको छ ।

अबको निर्वाचित जनप्रतिनिधिहरुले ५ वर्षका लागि स्थानीय तहको जिम्मेवारी सम्हाल्ने छन् । जनताले पार्टीको झण्डा भन्दा पनि व्यक्तिको एजेन्डा र चरित्र हेरेर सोचपूर्ण ढङ्गले मात्र मतदान गर्नुपर्ने छ । गलत उम्मेद्वारको हातमा जिम्मेवारी गएको अवस्थामा राज्यले ठूलो नोक्सानी चुकाउनु पर्ने हुन्छ । स्थानीय निर्वाचन जनताको प्रत्यक्ष जनजिवनसँग जोडिएको हुनाले जनताको मतदानले नै जनताको भविष्य सुनिश्चित गर्छ । तसर्थ, आशादित उम्मेद्वारको एजेन्डा हेरेर मात्र मतदान गर्न अहिलेको मुख्य आवश्यकता रहेको छ ।

यस्तै एक आशाजनक उम्मेद्वार हुन सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालीका वडा नं ४ का वडा अध्यक्षका उम्मेद्वार गेविन्द शर्मा । वि.सं २०४७ सालमा ने.वी संघ बाट आफ्नो राजनीतिक जिवन सुरु गरेका शर्मा २०४८ सालबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य भई सामाजिक कार्यहरु गर्दै आएका छन् ।

इमान्दार छबी बोकेका शर्माले साथीभाइसँग हातेमालो गर्दै चुनावी अभियान सामान्य खर्चमा सामान्य तरीकाले चलाइरहेका छन् । आफ्नो नगरमा बढिरहेको भ्रष्टाचार नियन्त्रण गर्न उनले आफ्नो उम्मेद्वारी दर्ता गराएको शिखर न्युज संवाददातासँगको कुराकानीमा बताए । उनी भन्छन्, “मैले जितेभने सबैभन्दा पहिले भ्रष्टाचार मुक्त समाज बनाउँछु, आएको बजेटलाई पारदर्शी बनाउछु, जति आउँछ जे को लागी आउँछ त्यती त्यो सबै रकम त्यही कामको लागि खर्च गर्छु ।”

नेपाली कांगे्रसबाट उम्मेद्वारी दर्ता गराएका गोविन्द शर्माले अहिलेको अवस्थालाई इकिंत गर्दै भोट पार्टी हेरेर भन्दा पनि व्यक्ति हेरेर गर्नुपर्ने बताए । थोरै बोल्ने धेरै काम गर्ने शर्मालाई वडाबसीको राम्रो समर्थन रहेको छ । उनले हालसम्म वडामा गरेका वाचाहरु पुरा गर्दै समाज निमार्ण र समाज सेवामा उल्लेखनीय भुमिका खेलेका छन् । भन्छन्, “वडामा रहेका विभिन्न समस्याको समाधान गर्न, विकास निमार्णको कामहरुलाई चुस्त दुरुस्त बनाउन, टोल टोलमा सृजनात्मक अभ्यासहरुको थालनी गर्न र मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न मेलै पहिलो पटक निवार्चनमा उम्मेद्वारी दिएको हुँ ।”

विरेन्द्रनगर नगरपालिका वडा नं ४ मा उनको नेतृत्वमा चुनाव लगत्तै वडाका प्रत्यक घरमा एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने योजना उनको रहेको छ । यसका साथै वडा बासीलाई निशुल्क शव बाहानको व्यवस्था गर्ने समेत उनको एजेन्डा रहेको छ ।

वडामा रहेको पार्क निमार्णदेखि पदमार्ग विस्तारको योजना बोकेका शर्मालाई नेपाली कांग्रेसको मात्र नभइ अन्य पार्टीमा संलग्न नगरबासीहरुले समेत साथ दिइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?