नक्कली इन्सपेक्टर पोशाकसहित पक्राऊ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
३९ पटक हेरिएको
Shares
नक्कली इन्सपेक्टर पोशाकसहित पक्राऊ

सारांश

  • वीरगंज, १५ असोज ।
  • जिल्ला प्रहरी कार्यालय, पर्साले आज बिहान पत्रकार सम्मेलन गरी नक्कली प्रहरी निरीक्षकलाई पोशाकमै पक्राउ गरेको जनाएको छ ।
  • बुधवार मध्याह्न १२ बजे वीरगंज महानगर–१६ स्थित देव पार्टी प्यालेसबाट वडा प्रहरी कार्यालय, बिर्ताले नक्कली प्रनि बारा, जितपुरसिमरा उ.

वीरगंज, १५ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले आज बिहान पत्रकार सम्मेलन गरी नक्कली प्रहरी निरीक्षकलाई पोशाकमै पक्राउ गरेको जनाएको छ । बुधवार मध्याह्न १२ बजे वीरगंज महानगर–१६ स्थित देव पार्टी प्यालेसबाट वडा प्रहरी कार्यालय, बिर्ताले नक्कली प्रनि बारा, जितपुरसिमरा उ.म.न.पा.–७ चौधरी टोल बस्ने वर्ष २९ को अजयकुमार रायलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले सो ठाउँबाट जितपुरसिमरा उ.म.न.पा.–५ बस्ने वर्ष ५७ को हिरालाल महतो, वर्ष २८ को बसन्त चौधरी, वीरगंज–१६ बस्ने वर्ष २१ को रवि कुमार चौरसिया, पकाहामैनपुर गा.पा.–५ सबैठवा बस्ने वर्ष ४७ को शिव नारायण चौरसिया, वीरगंज–२७ रानीघाट बस्ने वर्ष २५ को रामजी चौरसिया पनि पक्राउ गरेको छ । बुधवार देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा सञ्चालन भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले सो ठाउँमा छापामारी गरेको थियो ।

प्रहरी सो ठाउँमा पुग्दा त्यहाँ बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीले परीक्षा दिइरहेका थिए । ती परीक्षार्थीसँग नक्कली प्रनि रायले ३ लाख ६१ हजार रकम असूल गरेर परीक्ष्ाँमा सहभागी गराएका थिए । परीक्षा हलबाट राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान–२१, सोको प्रश्न पत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

रायले परीक्षार्थीहरूसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि प्रहरी चौकी परवानीपुर, ई.प्र.का.नगवा पर्सामा गई म प्रहरी निरीक्षक भन्दै रकम असुल्ने गरेका थिए । यसअघि राय २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ परेका थिए । उनले वीरगंज कारागारबाट ११० दिनको कैद सजाय भुक्तान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
विश्वकप फुटबल २०१८:  यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
विश्वकप फुटबल २०१८: यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण
प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
हराइरहेका गोठालोको खोजी गर्न सेना परचालन तयारी
हराइरहेका गोठालोको खोजी गर्न सेना परचालन तयारी
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
अरुण चौधरीसँग थालियो बयान, भने- नियमविपरीत भए जग्गा फिर्ता गर्छु
अरुण चौधरीसँग थालियो बयान, भने- नियमविपरीत भए जग्गा फिर्ता गर्छु
अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन
अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन
कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ
कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै

तपाईंले छुटाउनुभयो कि?