मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
३० पटक हेरिएको
Shares
मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए

सारांश

  • फ्रान्सका किशोर खेलाडी केलियन एमबाप्पेका लागि रुसमा जारी विश्वकप आफूलाई विश्व फुटबलमा उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्ने माध्यम बनेको छ ।
  • उनले अन्तिम १६ अन्तर्गत शनिबार राति अर्जेन्टिनासँगको खेलमा दुई सुन्दर गोल गरेर विश्वभरका फुटबल प्रेमीलाई आफूतर्फ आकर्षित गरे ।
  • कजान एरिनामा उपस्थित भएका सबै विश्वकपमा विशेष खलेको साक्षी बनेकोमा दंग पर्दै बाहिरिएका थिए ।

फ्रान्सका किशोर खेलाडी केलियन एमबाप्पेका लागि रुसमा जारी विश्वकप आफूलाई विश्व फुटबलमा उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्ने माध्यम बनेको छ ।

उनले अन्तिम १६ अन्तर्गत शनिबार राति अर्जेन्टिनासँगको खेलमा दुई सुन्दर गोल गरेर विश्वभरका फुटबल प्रेमीलाई आफूतर्फ आकर्षित गरे । कजान एरिनामा उपस्थित भएका सबै विश्वकपमा विशेष खलेको साक्षी बनेकोमा दंग पर्दै बाहिरिएका थिए ।

यो वर्षौँसम्म सम्झिने नकआउट चरणको खेल बनेको छ । यो खेलमा एक यस्ता खेलाडी विशेष रुपमा उदाय जसले आफूलाई अबको उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्ने संकेत दिए ।ती हुन्, फ्रान्सका १९ वर्षे केलियन एमबाप्पे । उनले अर्जेन्टिनासँगको खेलमा दुई सुन्दर गोल गरे भने उनकै कारण फ्रान्सले पेनाल्टी पाएको थियो र त्यसमा एन्टोनी ग्रिजम्यानले गोल गरे ।

एमबाप्पेको उत्कृष्टतामा डिडिएर डेसच्याम्पको प्रतिभाशाली टिम फ्रान्स क्वाटरफाइनलमा पुगेको छ । सन् १९९८ को डिसेम्बर २० मा जन्मिएका एमबाप्पे अहिले मोनाकोबाट पेरिस सेन्ट–जर्मेन, पिएसजीमा लोनमा छन् ।

उनी यो सिजन १८० मिलियन युरोमा अनुबन्धित हुने तयारीमा छन् । त्यसपछि उनी विश्वको सबैभन्दा महँगो खेलाडीको सूचिमा नेइमार भन्दा पछि दोस्रो स्थानमा रहने छन् । सन् १९५८ यता विश्वकपको एक खेलमा दुई गोल गर्ने एमबाप्पे पहिलो किशोर खेलाडी बनेका छन् ।सन् १९५८ मा १७ वर्षका पेलेले फाइनलमा स्वीडेन विरुद्ध दुई गोल गरेका थिए । एमबाप्पे हुर्कने बेला एमबाप्पे पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका फ्यान थिए ।

उनको कोठाको भित्ताभरि रोनाल्डोका पोस्टरहरु लागेका थिए । एमबाप्पे त्यही पोस्टरहरुलाई पृष्ठभूमिका राखेर मुस्कुराउँदै गरेको तस्बिर पनि देखिन्छ ।

तर अब विश्वभर फुटबलमा आफ्नो स्थान बनाउन खोज्ने बालकको कोठामा एमबाप्पेको पोस्टर हुनेछ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Being Anjan

    Best player in the world

    Comment Author

    Ishwor Shrestha

    Hudaina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?