आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
४५ पटक हेरिएको
Shares
आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

सारांश

  • सर्लाही, ९ पुष ।
  • सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।
  • जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब रु एक लाख ८० हजार बराबरको सामान जलेर क्षति भएको छ ।

सर्लाही, ९ पुष । सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब रु एक लाख ८० हजार बराबरको सामान जलेर क्षति भएको छ ।

आगलागीबाट बैठाको पसलमा रहेको रु ८६ हजार नगद, ल्यापटप एक थान, ग्यालेन्डर मेसिन एक थान, पङ्खा तीन थान, पलङ र केही कागजात जलेर नष्ट भएको हो । आगो के कति कारणले लागेको हो त्यो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै कौडेना गाउँपालिका–५ निवासी ब्रहम्देव ठाकुरको धानको कुन्यूमा आगलागी हुँदा करीब रु ८० हजार बराबरको क्षति भएको छ । कुन्यूमा कसरी आगलागी भयो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसैबीच मङ्सिर १९ गते घर जलेर घरबारविहीन बनेका हरिवन नगरपालिका–१ कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर नगरपालिका र स्थानीय सङ्घसंस्थाको सहयोगबाट निर्माण हुने भएको छ ।

हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले मंलबार घरको शिलान्यास गर्नुभएको छ । विद्युत चुहिएर आगलागी हँुदा घिसिङको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । घर जलेपछि उनी परिवारसहित सोही वडामा रहेको सन्तानेश्वर प्राथमिक विद्यालयमा बस्दै आएका छन् । नगरपालिकाले रु एक लाख घर बनाउन प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी
अष्ट्रेलियन वायुसेवा कम्पनीहरुले पनि गरे सामसुङ ग्यालेक्सी एस सेभेन प्रतिवन्ध
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
करकाे बोझ  हटाउने अर्थमन्त्रीकाे संकेत
करकाे बोझ हटाउने अर्थमन्त्रीकाे संकेत
How you can Close And Pausing AVAST The Program On your desktop
पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व
पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व
कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?
कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
भाेज खाएर फर्किएका मेयरले सर्वसाधारणलाइ यसरी भकुरे!
भाेज खाएर फर्किएका मेयरले सर्वसाधारणलाइ यसरी भकुरे!
लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न  सक्दैन्: पहारी
लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न सक्दैन्: पहारी