सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै

सारांश

  • शनिबार साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निश्कर्ष सम्पन्न भएको छ ।
  • महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक खास एजेण्डामा प्रवेश नै नगरी सम्पन्न भएको बुझिएको छ ।
  • शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न भएको युरोप भ्रमणबारे नेताहरुसँग यात्रा संस्मरणजस्तो सुनाएका थिए ।

शनिबार साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक खास एजेण्डामा प्रवेश नै नगरी सम्पन्न भएको बुझिएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न भएको युरोप भ्रमणबारे नेताहरुसँग यात्रा संस्मरणजस्तो सुनाएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटरमा नेताहरु एजेण्डा केन्द्रित भएर छलफलमा जुटेको भएपनि अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणको डायरी सुनाएका थिए ।

पार्टीको राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल हुने भनेर नेताहरुले यसअघि नै सुनाएका थिए । तर, मुख्य विषयमा छलफल नै नगरी ओलीले अन्य विषयमा समय व्यतित गरेपछि सचिवालयका अन्य नेताहरुलाई ओलीको कुरा सुन्नुबाहेक अरु कुनै विकल्प नै थिएन ।

ओलीले बेलायती प्रधानमन्त्रीसँगको भेटवार्तादेखि राजकुमार ह्यारीसँगको आफ्नो भेटवार्ता र कुराकानी बैठकमा नेताहरुसँग सेयर गरेका थिए । आजको बैठक एजेण्डामा प्रवेश नै नगरी सम्पन्न भएकोले अर्को बैठक चाँडै बस्ने भनिएको छ । तर, आगामी बैठकको लागि गृहकार्यसहित बस्ने सहमती समेत एक नेताले बताए । गृहकार्यसहित बैठक बस्ने भनिएकोले अर्को बैठक कहिले बस्ने भन्ने मिति तय भएको छैन ।

भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओली प्रशंसा मात्रै गर्न थाले ?
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भन्दापनि प्रशंसा गर्न व्यस्त छन् । केही समयअघि सम्म पार्टी नेतृत्व खासगरी प्रधानमन्त्री ओलीको आलोचनामा व्यस्त हुँदै आएका नेता रावलले पछिल्लो समय सरकारको बचाउमा आफ्नो अभिव्यक्ति दिन थालेका छन् ।

सरकारले विकास र समृद्धिको अभियानलाई सशक्त रुपमा अघि बढाएको उनको दाबी छ । रावलले पार्टी एकताको विषयलाई लिएर पनि पार्टी नेतृत्वले गम्भिरताका साथ काम गरिरहेको भनाई राखेका छन् । उनले अब स्थानीय तहको पार्टी कमिटीले चाँडै पूर्णता पाउने धारणा राखेका छन् ।

गृहजिल्ला अछाममा रहेका रावलले चौरपाटी गाउँपालिकामा आयोजित जनसभालाई शनिबार सम्बोधन गर्दै पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै पार्टीको स्थानीय कमिटीले पूर्णता पाउने दाबी गरेका हुन्।नेता रावलले कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै असमानताको विरुद्ध र सिमानाको रक्षाको लागि आवाज उठाउँदै आएको उल्लेख गरे ।

सुदूरपश्चिम र अछामको विकासका लागि आफूले निरन्तर संसद्देखि सरकारमा आवाज उठाइरहेको उनको भनाइ थियो । नेता रावलले नेपाली काङ्ग्रेसको अलोकतान्त्रिक चरित्रका कारण नेपाली जनताले काङग्रेसलाई बढारेको स्पष्ट पारे ।

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा स्थापित गराउँछःपौडेल
स्थानीय र सशस्त्र प्रहरी बिच झडप,  सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
स्थानीय र सशस्त्र प्रहरी बिच झडप, सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा  घेराउ
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ
४ अर्बमा  नारायणी नदीमा ‘सिग्नेचर’ पुल निर्माण
४ अर्बमा नारायणी नदीमा ‘सिग्नेचर’ पुल निर्माण
त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन सक्दैन: उपकुलपति प्रा.डा  खनिया
त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन सक्दैन: उपकुलपति प्रा.डा खनिया
ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन विजयी !
ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन विजयी !
यी राजाका एक सय पत्नी पाँच सय सन्तान
यी राजाका एक सय पत्नी पाँच सय सन्तान
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !
टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !
सङ्घीय संसद् भवन पुरा गर्न समय माग
सङ्घीय संसद् भवन पुरा गर्न समय माग

तपाईंले छुटाउनुभयो कि?