मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी

सारांश

  • २३ कात्तिक, पोखरा ।
  • कास्की क्षेत्र नम्बर २ का प्रतिनीधिसभाका उम्मेद्वार रविन्द्र अधिकारीले आफूमात्र खाने तर अरुलाई नदिने पूँजीबादी लोकतन्त्रको चरित्र भएको टिप्पणी गरेका छन् ।
  • कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४ को गैह्रापाटनमा वाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले हुनेखानेलाई खाइराख्न दिने र नहुनेलाई भोकै राख्ने पुँजीबादी लोकतन्त्र चरित्र भएको टिप्पणी गरे ।

२३ कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ का प्रतिनीधिसभाका उम्मेद्वार रविन्द्र अधिकारीले आफूमात्र खाने तर अरुलाई नदिने पूँजीबादी लोकतन्त्रको चरित्र भएको टिप्पणी गरेका छन् ।
कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४ को गैह्रापाटनमा वाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले हुनेखानेलाई खाइराख्न दिने र नहुनेलाई भोकै राख्ने पुँजीबादी लोकतन्त्र चरित्र भएको टिप्पणी गरे ।

समाजबादी लोकतन्त्रमा भने सबैलाई समान किसिमको खाने, बस्ने, रमाउने, हिंडडुल गर्ने र कामको पनि समान अवसर पाउनेलगायत उनको भनाई थियो । कास्कीका कांग्रेसी उम्मेद्वारले कणर्ालीको बजेट कास्कीमा किन पारेनौं ? भनेर आफूलाई प्रश्न गरेको भन्दै उनले त्यस्तो असमान तरिकाले कणर्ालीलाई भोकै राखेर आफूले कास्कीमा मात्र बजेट ल्याउन नसक्ने र त्यो कम्युनिष्ट चरित्र पनि नभएको स्पष्ट पारे ।

अधिकारीले कांग्रेसले स्थिर र सबल सरकार बनाउन नसक्नेपनि दाबी गरे । यसअघि बहुमत पाएर सरकार बनाए पनि आफैंले सरकार गिराउने र बनाउने फोहोरी खेल खेल्दा विकृति भित्रिएको आरोप लगाउँदै अहिले पनि उसको चरित्र नसुध्रेकाले सबल र स्थिर सरकार कांग्रेसले दिन नसक्ने उनको भनाई थियो ।

पोखराको सडक बिस्तार, पुल निर्माण, खानेपानी योजनालगायत अधिकांश विकास निर्माणका काममा वामपन्थी र आफ्नो योगदान रहेको बताउँदै उनले बिपक्षीले त्यसलाई नदेखेर सत्तोसराप गरेकोप्रति आक्रोस व्यक्त गरे ।

उनले भने, ‘म सुन्दैछु बिपक्षीहरुले मलाई केहि गरेन भन्दैछन् रे, बामपन्थीहरुले गरेको कामलाई नदेख्नेलाई केहि भन्न सकिदैन, आँखा कम देख्नेलाई चश्मा लगाएर देख्नसक्ने बनाउन सकिन्छ, तर देखेरपनि नदेखेजस्तो गर्नेलाई केहि गर्न सकिदैन, बाम गठबन्धन र मैले गरेका कामको मूल्यांकन कस्केली जनताले गरेका छन् ।’

कार्यक्रममा कास्की २ को प्रदेश नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले बाम गठबन्धन बनेपछि कांग्रेस आतंकित भएर बर्बराउन थालेको टिप्पणी गरे । कांग्रेसले भन्नेगरेको अधिनायकवाद बन्दुकको नालबाट मात्र आउनेगरेको बताउँदै उनले जनताको मतबाट त संविधानले निर्दिष्ट गरेको लोकतान्त्रिक समाजवाद मात्र अहिलेको बाम गठबन्धनले ल्याउन लागेको स्पष्ट पारे ।

करणले कांग्रेसमा बरु अधिनायकवादी चरित्र रहेको आरोप लगाए । वर्षौदेखी पार्टीको लागि मरिमेट्नेलाई पाखा लगाएर रातारात कोटको खल्तीबाट चुनावको टिकट दिनुपनि अधिनायकबादी चरित्र भएको उनको भनाई थियो ।

करणले लोकतान्त्रिक समाजबादमा हुने र नहुने, गरीब र धनी, कथित तल्लो जात र माथिल्लो जात बिचको असमानता र विभेद नरहने तथा सबैको गास, बास र कपासको ज्ञारेन्टी हुने उल्लेख गरे ।

गणतन्त्र, लोकतन्त्र, धर्म निरपेक्षता, संघीयता, उज्यालो नेपाललगायतका सबै उपलब्धी कम्युनिष्टकै कारण आएको बताउँदै अब यसको ब्यबस्थापन र कार्यान्वयनका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने उनले बताए ।

समानुपातिक उम्मेद्वार सोनाथ अधिकारी ‘प्यासी’ले नेपालमा बामपन्थीलाई भोट दिने कल्चर स्थापित भइसकेको बताउँदै अब त्यसलाई निरन्तरता मात्र दिनुपर्ने बताए । उनले गरिबीको अन्त्य गर्दै समृद्धीमा लम्कन पनि बाम गठबन्धनलाई भोट दिन अपील गरे ।

२०७४ कार्तिक २३ गp

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?