अाज जेठ ४ गते: कहाँ के के घटना घटे ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अाज जेठ ४ गते: कहाँ के के घटना घटे ?

सारांश

  • प्रहरी महानिरीक्षक खनालद्वारा दर्ज्यानी चिन्ह सुशोभन  काठमाडौं, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय ९माननीय मन्त्रीस्तर० को जेठ ३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभयो ।
  • उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका १६ जना र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।
  • पदोन्नति भएका एकजना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ ।

प्रहरी महानिरीक्षक खनालद्वारा दर्ज्यानी चिन्ह सुशोभन 
काठमाडौं,
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय ९माननीय मन्त्रीस्तर० को जेठ ३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभयो ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका १६ जना र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो । पदोन्नति भएका एकजना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिनुभयो । कार्यरत स्थानमा कर्मचारीको मनोवल बढाउँदै संगठनको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

संगठनको नीति र उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी दृढतापुर्वक पुरा गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले कानुनी रूपमा विभेद नगरी समान न्याय गर्नुपर्ने, अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिहरूप्रति कठोर भई निर्भिकताकासाथ काम गर्नुपर्ने बताउनुभयो । कार्यालय तथा कामको दुरुस्ततामा ध्यान दिनुपर्ने र प्रहरी कर्मचारीलाई सम्पादित कामको आधार, अनुभव र अन्य मुल्याङकनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने चर्चा गर्नुभयो ।

उक्त अवसरमा पदोन्नती भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक केदार रिजालले संगठनले दिएको जिम्मेवारी संगठनको नीति अनुसार पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित पक्राउ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन एरियामा दुवईबाट काठमाडौँ आएका राहदानी नम्बर एल४८८८१११ वाहक भारतीय नागरिक पालक्कम कुझिइललाई लुकाई छिपाई ल्याएको लागूऔषध जस्तो देखिने झोल पदार्थ १ हजार ३ सय ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ ।

यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा दैलेखबाट काठमाडौँ आउदै गरेको ना ४ ख ७७१५ नम्बरको बसमा सवार सुर्खेत कालिन्चोकका २० वर्षीय प्रतिक उपाध्यायलाई साथमा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ९ ग्राम ब्राउनसुगर सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर स् हेटौंडा उपमहानगरपालिका १ चौकीटोलमा मकवानपुरको पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख २८३१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार पर्सा वीरगंज महानगरपालिका नगवा बस्ने ६० वर्षीया उमादेवी र ४५ वर्षीया आशा देवीलाई शरीरमा लुकाई छिपाई ल्याएको लागूऔषध चरेश करीव १० केजी सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु 

कपिलवस्तु  महाराजगंज नगरपालिका(८ सोनबर्षामा लु।१ त ९५३५ नम्बरको ट्याक्टरबाट शुक्रबार खस्न जाँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही नगरपालिका(२ बस्ने १५ वर्षीय वीरेन्द्र कोरीको प्राथमिक स्वास्थ्य केन्द्र महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार रहेका ट्याक्टरका चालकको खोजी भइरहेको छ ।

मोरङ  केराबारी गाउँपालिका ८ हचुवास्थित भित्री सडकमा मे १ ह ७१६ नम्बरको सिटी सफारी शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सफारीमा सवार सोही गाउँपालिका(३ बस्ने ६८ वर्षीय पुष्करबहादुर सार्कीको उपचारको लागि सारथी हस्पिटल केराबारीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । सफारी चालक र सफारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ ।

हतियार सहित पक्राउ 

पर्सा भारत मोतीहारी कोडिहारग्राम(१९ रक्सौल बस्ने २३ वर्षीय अभिरञ्जन साहलाई हेण्डमेड पेस्तोल १ थान र पेस्तोलको गोली २ राउण्ड सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एम ९२५४ नम्बरको मोटरसाइकललाई वीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटमा प्रहरीले जाँच गर्ने क्रममा सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटा  साँगुरीगढी गाउँपालिका ६ स्थित जंगलमा शिकार खेल्दै गरेको अवस्थामा सोही स्थान बस्ने ३४ वर्षीय फौदासिङ मगर र ३५ वर्षीय लालबहादुर राईलाई १ थान भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 जुवातास खेल्ने पक्राउ 
सिन्धुली,
कमलामाई नगरपालिका(६ बस्ने मन्जु मोक्तानको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ५ बस्ने २५ वर्षीय भोजराज थापा समेत ६ जनालाई नगद ३८ हजार ८ सय ९० रूपैयाँ सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 
झापा,
बिर्तामोड नगरपालिका(७ बस्ने ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका ८ बस्ने २२ वर्षीय सुरज राजबंशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पकेटमा राखेको नगद चोरी 
काठमाडौं,
काठमाडौं गौशाला बस्ने सर्लाही मलंगवा बिष्णु गाउँपालिका ४ का ३५ वर्षीय मनोज महतोको साथमा रहेको नगद ७० हजार रूपैयाँ शुक्रबार चोरी भएको छ । महतो बाफलबाट गौशालातर्फ जाँदै गरेको बा।४ ख ४२१ नम्बरको बसमा सवार रहेको अवस्थामा पकेटमा राखेको उक्त नगद चोरी भएको बताइएको छ ।
फरार चोरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्रमश स्
सवारी दुर्घटनामा मृत्यु 
सुनसरी
ईटहरी उपमहानगरपालिका(२० स्थित कोशी मार्गमा बिग्रेर राखेको सोही उपमहानगरपालिकाको फोहोर बोक्ने ट्रयाक्टरको पछाडि ट्रलिमा को।८ प ४३३९ नम्बरको मोटरसाइकल बिहीबार ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बराहा नगरपालिका(४ बस्ने ३५ वर्षीय लक्ष्मण तामाङको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला 
काठमाडौं, ४ जेठ
ललितपुर  ललितपुर महानगरपालिका ४ जावलाखेलस्थित सार्वजनिक शौचालय नजिकैको पाटीमा हाल नाम, थर, वतन नखुलेका करीब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ रंगेली नगरपालिका ९ दोहवना बजारमा हाल नाम, थर, वतन नखुलेका करीव ६५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 आगलागीबाट धनमाल क्षति 
पर्सा,
वीरगंज महानगरपालिका(२७ दसौली गाउँ बस्ने ४५ वर्षीय बद्री दासको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा घर, कुखुराको फार्म र कुखुराको दाना १५ बोरा जलेर करीब ३ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?