भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो

सारांश

  • भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ।
  • भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो।
  • यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु (६.३६ रुपैयाँ) बनाएको छ। ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ।  नयाँदिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच यही अप्रिलदेखि लागू हुने गरी १५ महिनाको पिपिए भएको हो । पिपिएको म्याद जुन २०१९ सम्म रहनेछ। गत डिसेम्बर २७ मा नवीकरण भएको पिपिएको म्याद यही १७ चैत (३१ मार्च) मा सकिँदैछ।

पिएमा कार्यकारी निर्देशक घिसिङ र एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बुधबार नयाँदिल्लीमा हस्ताक्षर गरेका छन्। प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले पिपिए हस्ताक्षरपछि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १२० मेगावाट विद्युत् आयात सुनिश्चित भएको बताए। ‘हामीले अहिले दिइरहेको दरमा विद्युत् दिन वार्तामा अडान राख्यौं,’ उनले भने, ‘भारतीय बजारमा विद्युत्को मूल्य बढेकाले अहिलेको मूल्यमा विद्युत् दिनै नसकिने भारतीय पक्षले अडान राखेपछि ६ महिनाका लागि प्रतियुनिट मूल्य ३.९८ भारु (६.३६ रुपैयाँ) र त्यसपछि बाँकी अवधिका लागि उक्त मूल्यमा पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ।’
प्राधिकरणले एनभिभिएनसँग सुरुमा प्रतियुनिट भारु ३.४४ भारु (५.५० रुपैयाँ) मा पिपिए गरेको थियो। भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि बढेर  प्रतियुनिट ३.६० भारु पुगेको छ।

नेपाल–भारत सचिवस्तरीय विद्युत् व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत बिजुली आयात गरिरहेको छ।

(https://allproshadeconcepts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
फेसबुकमा सबैभन्दा धेरै लाइक तथा फलो गरिएका नेताहरु :पहिलो स्थानमा मोदी
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा
तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने: भोजमा ५०१ जनासम्म बोलाउन सकिने
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने: भोजमा ५०१ जनासम्म बोलाउन सकिने

तपाईंले छुटाउनुभयो कि?