छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल

सारांश

  • जाजरकोट, १० साउन ।
  • जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन ।
  • सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

जाजरकोट, १० साउन । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र ठडिएको छ ।

पुल निर्माणको जिम्मा सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौँको फर्ममार्फत जाजरकोट सुवानाउलीका कर्णबहादुर थापाले लिएका थिए । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएको पुलको ठेकेदारले समयमा काम नगर्दा अलपत्र परेको छ । तीनपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको छैन । समयमा निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ । स्थानीय जोखिम मोलेर खोलाबाट वारपार गर्ने गरेका छन् । महिला, बालबालिका, वृद्धवृद्धा, अपांगलाई खोला तर्न समस्या हुने गरेको छ । साना बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या छ ।

जिल्लाको पश्चिम सीमा, जुँगाथापाचौर, साल्मा, दसेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैकलगायत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ । स्थानीयले निर्माण व्यवसायीलाई कडा कारबाहीको माग गरेका छन् ।

खोला बढ्दा दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ढुवानीमा बाधा पुगेको छ । बालुवा बजारको यातायात बन्द भएको छ । यातायातका साधन मोर्क बजारमै थन्किएका छन् । निर्माणको जिम्मा लिएको ठेकेदारले काम नगरेर दोस्रो व्यक्तिलाई जिम्मा लगाउँदा निर्माणको काम अलपत्र परेको छ । व्यवसायीले तोकेको समयमा पुल नबनाउँदा यस क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या हुनुको साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको सीमा ९ स्यापीका पूर्णसमीर महताराले बताए ।

पुल नबन्दा थलह बजारसम्मको २५ किलोमिटर सडकमा यातायात चल्न सकेको छैन । सडक बने पनि यातायातको सुविधा नहँुदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ ।
पुल निर्माणका लागि हालसम्म रु ६० लाखभन्दा बढी रकम खर्च भइसकेको छ । २५ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको पुलका लागि पेस्की रकम बराबरको कामसमेत हुन सकेको छैन । व्यवसायीले प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने अनि काम सम्पन्न गर्नेतर्फ बेवास्ता गर्ने प्रचलनले समस्या भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!
अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!
‘भुरुरु उडेको पुतली’ तीज गीत बजारमा (भिडियाेसहित)
‘भुरुरु उडेको पुतली’ तीज गीत बजारमा (भिडियाेसहित)
भारतले नेपाललाइ दियाे ३० वटा एम्बुलेन्स र ६ वटा स्कुल बस
भारतले नेपाललाइ दियाे ३० वटा एम्बुलेन्स र ६ वटा स्कुल बस
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !
प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
चैतसम्म रु नौ खर्ब रेमिट्यान्स भित्रियो
चैतसम्म रु नौ खर्ब रेमिट्यान्स भित्रियो
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’

तपाईंले छुटाउनुभयो कि?