मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते

सारांश

  • जनकपुर ।
  • धनुषामा मोटरसाइकल चढेका दुईजना करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार मिथिलाविहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साहको करेन्ट लागेर मृत्यु भएको हो ।

जनकपुर । धनुषामा मोटरसाइकल चढेका दुईजना करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिथिलाविहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साहको करेन्ट लागेर मृत्यु भएको हो ।

जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरमा पोलको सहाराका लागि राखिएको तारमा आएको ११ हजार भोल्ट करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलबाट लड्दा नजिकैको बिजुलीको पोलमा ठोक्किएको थियो । पोललाई अड्याउन बाँधिएको तारबाट करेन्ट लागेपछि दुवैको घटनास्थलमा मृत्यु भएको थियो । बचाउन गएका सूर्यनारायण ठाकुरलाई करेन्ट लागेर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?