गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २८, २०७७
|
|
३३ पटक हेरिएको
Shares
गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला

सारांश

  • गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् ।
  • अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६÷७७ मा ३८ मुद्दा रहेका छन् ।
  • तीमध्ये सात फैसला भएको मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले बताउनुभयो ।

गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६÷७७ मा ३८ मुद्दा रहेका छन् । तीमध्ये सात फैसला भएको मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार सर्वोच्च अदालतमा २४ मुद्दा रहेकामा दुई फैसला भएर अब २२ बाँकी छन् । उच्च अदालत पोखरामा ११ मुद्दा परेकामा चार किनारा लागेर अब सात बाँकी छन् । उच्च अदालत पोखराको बागलुङ इजलासमा दुई मुद्दा रहेकामा एउटा किनारा लागेको छ भने कास्की जिल्ला अदालतमा एक मुद्दा बाँकी छ ।
दर्ता भएकामध्ये धेरैजसो रिट निवेदन छन् । यीमध्ये सबैभन्दा ठूलो र बढी चर्चामा आएको मुद्दा स्थानीय जनप्रतिनिधिको सेवासुविधासम्बन्धी ऐन खारेज सम्बन्धमा थियो । प्रदेश नम्बर १ बाहेक ६ प्रदेशले बनाएको सुविधासम्बन्धी कानून संविधानसम्मत नभएको भनी रिट निवेदन परेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ वटै प्रदेशका सुविधासम्बन्धी कानून खारेज गरिदिइसकेको छ ।
सडक निर्माण र फराकिलो बनाउने कार्यले व्यक्तिको जग्गा मिचिएको विषयमा उच्च अदालत पोखरा र बागलुङ इजलासमा निवेदन परेकामा दुई वटै खारेज भएका छन् ।
लेकसाइडमा सञ्चालित रात्रिकालीन व्यवसायसम्बन्धी विषयमा परेको रिट निवेदनमा उच्च अदालत पोखराले मापदण्ड बनाएर व्यवस्थित गर्र्न निर्देशनात्मक आदेश जारी गरेको छ । यसैगरी सामुदायिक वन व्यक्तिले दर्ता गरेका विषयमा उच्च अदालत पोखराबाट दाबी नपुग्ने फैसला भएको मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीका उपसचिव(सरकारी वकिल) दयाशङ्कर अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार सर्वाेच्च अदालत(दुई), उच्च अदालत पोखरा(चार) र उच्च अदालत बागुलङ इजलास(एक) फैसला भएका सात थान रिट निवेदन÷मुद्दामा दुई वटामा रिट खारेज भएको, एक वटामा निर्देशनात्मक आदेश जारी भएको, दुई वटामा रिट जारी भएको, एक वटामा वादी दाबी नपुग्ने फैसला भएको र एक वटा निवेदकले मुद्दा फिर्ता लिएका छन् ।
मुख्य न्यायाधिवक्ताको कार्यालयको दायित्व प्रदेश र मातहतका कार्यालयविरुद्ध परेका मुद्दामा प्रतिरक्षाका लागि आग्रह गरिए पनि प्रमाण कागजात जुटाउन भने सहयोग नगरेको पाइएको छ । मुख्य न्यायाधिवक्ता घिमिरेले भन्नुभयो, “कुनै विकास योजनाविरुद्ध मुद्दा परेमा त्यसको प्रतिरक्षा गर्न योजनाको विस्तृत अध्ययन प्रतिवेदनलगायत औचित्य पुष्टि हुने कागजात भएमा सहज हुन्छ र जित्ने सम्भावना बढी हुन्छ । यस विषयमा मुख्यमन्त्री, मन्त्री र सरोकारवाला कार्यालयका प्रमुखहरुसँग कुराकानी भइसकेको छ, अब यो समस्या दोहोरिँदैन भन्ने लागेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !
कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !
प्रम एकदिवसीय क्रिकेट : आर्मी विजयी
प्रम एकदिवसीय क्रिकेट : आर्मी विजयी
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
ट्वाक्क टुक्क संगै भुनियाको कम्ब्याक
ट्वाक्क टुक्क संगै भुनियाको कम्ब्याक
एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)
एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
नयाँ उद्योगमा रु एक अर्ब बढी लगानीको प्रस्ताव
नयाँ उद्योगमा रु एक अर्ब बढी लगानीको प्रस्ताव
तरकारी र फलफूल आयात कम गरिनेछ  : मन्त्री महत
तरकारी र फलफूल आयात कम गरिनेछ : मन्त्री महत
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)

तपाईंले छुटाउनुभयो कि?