मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

सारांश

  • चुनावमा पूरा गर्न नसकिने सपना बाँड्नु नेपाली राजनीतिक दलको पहिचानजस्तै बनिसकेको छ ।
  • यसै वर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरूले महŒवाकांक्षी योजनाको लोभ देखाउँदै मतदातासँग भोट मागेका थिए ।
  • त्यसवेला काठमाडौं उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पु¥याउने सपना बाँडेका दलहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि त्यस्तै प्रतिबद्धता दोहो¥याइरहेका छन् ।

चुनावमा पूरा गर्न नसकिने सपना बाँड्नु नेपाली राजनीतिक दलको पहिचानजस्तै बनिसकेको छ । यसै वर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरूले महŒवाकांक्षी योजनाको लोभ देखाउँदै मतदातासँग भोट मागेका थिए । त्यसवेला काठमाडौं उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पु¥याउने सपना बाँडेका दलहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि त्यस्तै प्रतिबद्धता दोहो¥याइरहेका छन् ।

स्थानीय तह निर्वाचनमा विजयी भएका मात्र होइन, पराजितले समेत काठमाडौं उपत्यकाका मतदातालाई लोभ्याउन महŒवाकांक्षी सपना देखाइरहेका छन् । दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा काठमाडौं उपत्यकालाई सुविधासम्पन्न बनाउन मोनोरेल, रेलमार्ग, मेट्रोरेल, फ्लाइओभरका सपना मात्र बाँडिएका छैनन्, उपत्यकाबाट सगरमाथाको बेसक्याम्पसम्म केबलकार बनाउने योजना समेत सार्वजनिक गरिएका छन् ।
उपत्यकाभित्र मोनोरेल सपना देखाउने दलहरूले ६ वर्षअघि उपत्यकामा सुरु गरिएको सडक विस्तारलाई भने आफ्ना घोषणापत्रमा बेवास्ता गरेका छन् । मुआब्जा विवाद, ठेकेदारको ढिलासुस्ती लगायत कारण अलमलमा परेको सडक विस्तारबारे दलका घोषणापत्र मौन छन् ।
दलहरूले यसपटकको निर्वाचनका लागि सार्वजनिक गरेका कतिपय योजना भने पहिलेका चुनावी घोषणापत्रमा समेत समेटिएका थिए । पहिले नै घोषणापत्रमा समेटिएका योजनालाई जितेर जाने प्रतिनिधिले कार्यान्वयन गर्न प्रारम्भिक अध्ययन समेत गराएनन् ।
काठमाडौं क्षेत्र नम्बर–२ कोटेश्वरका मतदाता शालिकराम शर्मा राजनीतिक पार्टीका चुनावी घोषणापत्र हात्तीको देखाउने दाँतजस्तै भएको बताउँछन् । ‘घोषणापत्र हेरेर मतदान गर्ने दिन गए, अब त जसले धेरै भोजभतेर र पैसा खर्च गर्छ, उसैले चुनाव जित्ने दिन आइसक्यो,’ उनले भने, ‘राजनीतिक दलले हचुवा घोषणापत्र बनाउने गरेकाले कार्यान्वयन नभएको हो ।’ उनी दलहरूले अध्ययनविनै योजना ल्याउने गरेको आरोप लगाउँछन् ।
यसपालि सबैजसो दलले प्रतिनिधिसभा र प्रदेशसभा घोषणापत्रमा राजधानीलाई पाँच वर्षभित्रै रेल सञ्जालले जोड्ने सपना बाँडेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा राजनीतिक दलले चुनावमा सपना मात्रै बाँड्ने गरेको बताउँछन् । ‘नेताहरू चुनावका वेला ठूला–ठूला सपना बाँड्न सिपालु छन्,’ उनले भने, ‘आफैँले बाँडेका सपना व्यवहारमा उतार्न अनिच्छुक देखिन्छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?