मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
२८ पटक हेरिएको
Shares
मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख

सारांश

  • भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ ।
  • योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ ।
  • नेपालमा इसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको जनाएको छ ।

भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ । नेपालमा इसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको जनाएको छ ।

स्थापना भएको १३ वर्षमा इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

एण्ड्रोइडमा ५० लाख बढी ग्राहक संख्या पुगेको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, “बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एप्स्हरुमा आकर्षण बढ्दो छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवाहरु मोबाईल एप्स्मा अझै परिस्कृत रुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ” ।

५० लाख मोबाइल एप्स् डाउनलोड भएको अवसरमा इसेवाले बुधबारका लागि “५० लाखको कमाल, क्यासब्याक बबाल” अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले बुधवार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा रू ५५ क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस अफर अन्तरगत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । अफर अन्तरगत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनैपनि कम्पनीको मोबाईलमा टप्अप्, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद , १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लर्निङ्गको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरि १२ देखि दिउसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ्ग तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टप्अपमा ५ प्रतिशत क्यासब्याक पाइनेछ । यसैगरि बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनैपनि ग्राहकले मोबाईल टपअप सेवामा रू ५५ क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?