आफनै आँखा अघि हुर्केवढेको किशोर युवाअवस्थामै देशकै सवैभन्दा ठूलोपार्टीको उपल्लो तहमा पुगेर पनि आफनो गृहजिल्ला फर्कन्छन । जन्मभूमिको माटो समाएर कसम खान्छन् “जिल्लालाई देशमै उदाहरणीय वनाउछु” ।
यो कुरा सुनेर ताप्लेजुङ मैवाखोला साँघुका डिल्ली घिमिरेका आँखा खुशिले रसाउँछन,छाती ढक्क फुल्छ अनि सत्तरी उकालो लागेको ज्यान मोरङको विराटचौकदेखि लाग्छ वसन्तपुर हुँदैै साँघु तर्फ त्यहि यूवा र वामपन्थि गठवन्धनलाई जीताउने अभियानमा । विहान सवेरै विराटचौक देखि गाढी चढदा वेलुका सात वजेतिर साँघु पुगिएला भन्ने लागेको छ । उहाँले अर्को चुनावमा पहाड जानुपर्दा विराटचौकदेखि चार घण्टामै साँघु पुग्न सकिने विश्वास सँगाल्नुभएको छ ।
ताप्लेजुङले यसपटक राष्ट्रियस्तरको नेता योगेश भट्टराईलाई प्रतिनिधिसभाको उमेदवारको रुपमा पाँउदा भट्टराइका राजनीतिक गुरु डिल्ली घिमिरे मात्र होइन सिँगो ताप्लेजुङनै खुशीले रमेको छ । योगेश लगायत वामपन्थि गठवन्धनका उमेदवारलाई जीताउने दिनको ब्यग्र पर्खाइमा वसेका छन । डिल्ली घिमिरेले योगेश भट्टराईलाई जीताएर पठाएपछि वसन्तपुर,गुफा,साँघु,ढुगेसाँघु हुँदैै दोभान जोडने वाटो कालोपत्रे वन्ने आश गरे जस्तै जिल्लाका गाँउ गाँउका वासिन्दाले राष्ट्रिय स्तरमा कुराविक्ने भट्टराइको उमेदवारी सँग जिल्लाको विकास र सम्वृद्धिलाई जोडेर हेरेका छन । अनि विकास र सम्वृदिका सपना देख्न थालेका छन । कल्पिएका छन् दोभानवाट भालेको डाकसँगै गाढी चडेर तम्वरको तिरतिरै तीन घण्टा पनि नलागि मुलघाट आइपुग्न सकियोस् । धरानमा विहानको खाना खाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्य जाँच गराएर साँझ गाई दुहुन घरनै पुग्न सकियोस् ।
एमाले र माओवादीका साझा उमेदवार योगेश भटटराई चुनावी अभियानका कंममा गाँउ गाँउ पुगेर ताप्लेजुडको विकासका योजना र सपना सुनाइरहदा वामपन्थि मात्र होइनन अन्य दलपार्टीका ताप्लेजुडवासीहरु पनि रमाएका छन । मनमनै सोच्न थालेका छन यसपाली भने पार्टी हेरिदैन किनकी आफनै जीवनकालमै हेर्नु छ ताप्लेजुगको सम्वृद्धि र विकास । किनकी प्रजातन्त्र अनि लोकतन्त्रकालागि २०४६ साल र ६२,६३ सालमा भएका जनआन्दोलनमा योगेश भटटराईले एक हातमा हसिया हतौडाको झण्डा अनि अर्को हातमा चारतारे झण्डा वोकेर अग्रमोर्चा सम्हालेको ताप्लेजुडवासीले देखेका छन । त्यसैले उनीहरुले भटटराईले भाषण गर्दा आफू काग्रेस र माओवादीकेन्द्रका केन्द्रीय नेताहरु सँग पनि सल्लाह गरेरै ताप्लेजुडको विकास र सम्वृद्धिका लागि उठेको भन्दा विश्वास गरेका छन ।
ताप्लेजुडवासीलाई जिल्लामा जन्मिएर देशमै चर्चित वनेका अग्रजहरुको भनाईले पनि तरंगित वनाएको छ ।आदिवासी जनजाती महासँघका पूर्व अध्यक्ष पासाड शेर्पाको भनाई ताप्लेजुडका जनताको प्रतिनिधिमूलक भनाई वन्नुपुगेको छ । उहाँ भन्नुहुन्छ “ठूलो पार्टीको केन्द्रीय तहमा पुगेको राष्टअन्तराष्टले चिनेको ब्यक्तिलाई उमेदवारका रुपमा पाउनु ताप्लेजुडवासीका लागि भाग्यको कुरा हो त्यसैले यो पार्टी र उ पार्टी नभनि एउटै अभिमत वनाएर जीताउनुपर्छ नत्र भने ताप्लेजुडवासीले यस्तो अवसर फेरी नपाउन पनि सक्छन जसले गर्दा विकास भएन भनेर गनगन गरिरहनुपर्ने हुन सक्छ । ”
हो पनि ताप्लेजुडका घेरै वासिन्दाले विरामी हुँदौँ भरियालाई वोकाएर वसन्तपुर आइनपुग्दै ज्यान गुमाएका कयौ उदाहरण छन । सदरमुकाम तोक्मेवजार वाट विहान गाडीचढाएर विरामीलाई उपचारका लागि ल्याउदा ल्याउदै फिदिम आइनपुग्दै प्राणलीला गुमाउनु परेका वास्तविकताहरु प््रासस्तै छन । जिल्ला अस्पतालमा एक्सरे सम्मको सेवा नपाउदा कयौ जिल्लावासीले रोग पालेरै वस्नु परेको तीतो यर्थाथ छ । कतिपयले त अस्पतालको अनुहारनै नदेखि वित्नुपरेको पनि छ । त्यसैले जनताले जिल्लैमा आफनै गाँउमै सुविधा सम्पन्न अस्पताल होस भन्ने चाहेका छन । त्यसका लागि प्रतिनिधिसभाका उमेदवार भटटराईले प्रत्येक गाँउपालिकामा ५० वेडको अस्पताल र प्रत्येक वडामै २५ वेडसम्मको सुविधासम्पन्न अस्पतालको योजना सुनाउदा आफनै जीवनकालमै त्यो योजना कार्यावन्यनका लागि कयौ जेष्ठ नागरिकले यसपटक सूर्यमै भोट हाल्ने संकल्प गरेका छन । उच्चशिक्षा अध्यनगरिसकेर पनि रोजगारी पाउन नसकि विदेशिनुपर्ने वाध्यतालाई अन्त्य गर्न आमाले पकाएको घरको भात खाएर गाँउमै प्राविधिक शिक्षा पढन पाइयोस भन्ने इच्छा र चाहना लाई भटटराईको उमेदवारी सँग जोडेका छन । ताप्लेजुडकै वडा वडामा डाक्टर,इन्जिनियर र सँसारको सवैभन्दा ठूलो विमान उडाउन सक्ने पाइलट उत्पादनकालागि उमेदवार भटटराईले विशेष योजना सुनाइरहदा यूवाहरुमा आशाको सञ्चार भएको छ ।
ताप्लेजुडको आम्वेगुदिनकी एक जना चेलीलाई ताप्लेजुडकै साँघुको ताम्राड विहे गरेर आउनुपर्दा वेहुलाको घर आइपुग्नै हिडेर दुईदिन लाग्छ । केहि बर्ष भित्रैमा सवै स्थानीय तहलाई जोडने चक्रपथ निर्माण गर्ने एमाले सचिव भटटराईका योजना सुन्दा कता कता सपना जस्तै लाग्न थालेको छ । त्यो सपनालाई साकार पार्ने अग्निपरीक्षामा भट्टराईलाई होमिदिन पनि जुनजुकै पार्टीका भएपनि यसपटक सूर्यमा भोट हाल्ने मनस्थितिमा पुग्ने अवस्था सृजना भएको छ । किनकि सूर्य पूर्ववाटै उदाउछ । पूर्वी क्षितिजवाट विकास र सम्वृद्धिको सूर्य उदाउन लाग्दा हत्केलाले छेक्ने मनस्थितिमा ताप्लेजुडवासी छैनन किनकी ताप्लेजुडवासीहरु विकासप्रेमी छन,सम्वृद्धिको ब्यग्र पर्खाइमा छन । विकास र सम्वृद्धिका लागि ब्यक्तिगत र राजनीतिक स्वार्थ भन्दा माथि उठेर योगदान दिन चाहन्छन ।
२०४० साल तिर किशोर योगेश भटटराई पढनकालागि काठमाडौ जानुपर्दा घनकुटाको हिलेमाथिको उकालो चढिरहदा त्यहाँका डाँडाँपाखा उजाँड देखिन्थे । अहिले उहाँ गाढीमा सर्ररर त्यो वाटो यात्रा गर्दा तरकारीवालीले सवै डाँडाँ पाखा हरियाली देख्नुहुन्छ अनि ताप्लेजुडका नाडगा डाँडापाँखाहरुलाई पनि त्यसैगरि रुपान्तरण गर्ने सपना वुन्नुभएको छ । त्यो सपनालाई साकार पार्ने यातायातका लागि विशेष योजना वनाउनु भएको छ । तेल्लावुडका रसिला नास्पाती र फाकुम्वाको झयाँगमा फलेका वग्रेल्ती स्कुस खाएर सकिदैन, वेचौ वजार छैन गाँईवस्तुलाई खोले दिएर पनि सकिदैन । तराई झरेका वेला स सना नास्पाती राम्रै मूल्यमा किनवेच भइरहेका देख्दा वोटमै कुहिएर जाने फलफूल सँग रुपियाँ साटन सक्ने सपनालाई ताप्लेजुडवासीले भटटराईको उमेदवारी सँग जोडेका छन ।
उत्तर दक्षिण लोकमार्गलाई टीपतालापास सम्म जोडेर ताप्लेजुडलाई प्रमुख ब्यापारिक केन्द्रका रुपमा विकास गर्ने योगेश भटटराईको योजनाले ताप्लेजुडवासीमा नयाँ आशाको सञ्चार भएको छ । ताप्लेजुड छोडेर अन्यत्र ब्यापार गर्न गएकाहरु समेत ताप्लेजुड फर्कने योजना वनाउन थालेका छन । ७६२ मेघावाट क्षमताको तमोर जलायसयुक्त जलविद्युत परियोजना संचालन गरेर पूर्वी पहाडका मानिसहरुको सम्वृद्धि ,स्वच्छ पानी स्वच्छ जीन्दगानी भन्ने नारा सार्थ वनाउने अभियानको योजना पछि ताप्लेजुडवासीले सोचेका छन अव पार्टी हेरेर मात्र हुँदैैन,विकास हेर्नुपछ र ताप्लेजुडको विकासका लागि योगेश भटटराईलाई भारी वहुमतले जीताउनुपर्छ भन्ने सल्लाह गरिरहेको अवस्था छ ।
जिल्लाका ६१ वटै वडामा सडक विस्तार गर्ने,पाथीभरा जाने सडक बर्ष्दिन भित्रमा निर्माण गर्ने,निर्माण भइसकेको सडकलाई कालोपत्रे गर्ने,परेवा,नाँडा सिनाम याम्फुदिन हुँदैै कञ्चनजंघा आधारशिविर जाने वाटो,दोभान,नाल्वु,पापुड ओलाडचुडगोला जाने वाटो,तोक्मेगोला खोक्लिड,साँवा,पापुड जोडने वाटो वनेर ताप्लेजुडको विकास र सम्वृद्धिको वृहत्तर ढोका खोल्नका लागि ताप्लेजुडवाट प्रतिनिधिसभामा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भटटराई,क्षेत्र नम्वर १ वाट एमाले जिल्ला अध्यक्ष वल वहादुर साम्सोहाड र क्षेत्र नम्वर २ वाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य टंक आडवुहाडलाई जीताउने दिनका लागि ताप्लेजुडवासी राजनीतिक आस्थाभन्दा माथि उठेर ब्यग्र प्रतीक्षामा छन । भन्न थालेका छन योगेश भटटराईको उमेदवारी ताप्लेजुडका लागि अवसर हो यो अवसर गुमाएर चुक्चुकाउने अवस्था सृजना हुने दिने छैनौ ।
लेखक लिलाराज भट्टराई प्रेस चौतारीमा आबद्ध पत्रकार हुन् ।
Dal Kumar
Chunab jitna lai harek bahana garxana
Pitambar Bastola
Daka hun yi sabai. Vote dinu hudaina
Gopal Karki
Kasam khayar vot paidain ta yogesa ji .
Ganesh Deuba
He lost election two time from kathmandu no.5
Shyam Fayal
Timiharu bhot paauna j pani garna sakchhau bhanne sabaile bujhisake. Aba janata sachet bhaisake. Kinaki bhukne kukur le tokdaina bhanne thaha chha sabailai.
Kumar Thapa
Ghee vat ho kasam ta.