म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश

सारांश

  • काठमाडौँ,७ फागुन ।
  • एफए कप फुटबल अन्र्तगत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
  • चेल्सीको गृह मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई २–० ले पराजित गर्दै युनाईटेडले क्वार्टरफाइनल सम्मको यात्रा सुरक्षित पारेको छ ।

काठमाडौँ,७ फागुन । एफए कप फुटबल अन्र्तगत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।चेल्सीको गृह मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई २–० ले पराजित गर्दै युनाईटेडले क्वार्टरफाइनल सम्मको यात्रा सुरक्षित पारेको छ । म्यान्चेस्टरलाई विजयी गराउन एन्डर हरेरा र पाउल पोग्बाले एक–एक गोल गरेका थिए।

हारपछि चेल्सीका इटालियन प्रशिक्षक माउरिजियो सारीमाथि दबाब बढेको छ। इंग्लिश प्रिमियर लिगका पनि पछिल्ला खेलहरुमा चेल्सीले खराब प्रदर्शन गर्दै आएकाले प्रशिक्षक माथि दबाव बढेको हो।चेल्सी पहिलो हाफमै दुई (शून्यले पछि परेपछि स्ट्याम्फोर्ड ब्रिजमा उपस्थित सयौँ दर्शकले सारीलाई ुतिमी भोलि बिहानै बर्खास्त हुँदैछौु भन्दै आक्रोश पोखेका थिए ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?