२०७२ को भारतीय नाकाबन्दीका सूत्रधार डोभल मोदीको टोलीमा !
सारांश
- काठमाडाै, २८ वैशाख ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र दमोदर मोदी सवार एटिआर ७२–६०० विमान शुक्रबार बिहान १०ः४३ बजे जनकपुर विमानस्थलमा अवतरण गर्दा एक व्यक्ति सबैभन्दा पहिला बाहिर निस्किए।
- पछाडिको ढोकाबाट पहिलो पंक्तिमा उत्रिएका उनी चनाखो भंगिमामा देखिएका थिए।
काठमाडाै, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र दमोदर मोदी सवार एटिआर ७२–६०० विमान शुक्रबार बिहान १०ः४३ बजे जनकपुर विमानस्थलमा अवतरण गर्दा एक व्यक्ति सबैभन्दा पहिला बाहिर निस्किए।
पछाडिको ढोकाबाट पहिलो पंक्तिमा उत्रिएका उनी चनाखो भंगिमामा देखिएका थिए। प्रधानमन्त्रीको उच्च स्ततरीय भ्रमण टोली सदस्यको रुपमा रहेका उनी त्यसपछि भारतीय प्रतिनिधिमण्डलसँगै देखिएनन्। मोदी नजिक पनि देखिएनन्।
सबैभन्दा अन्तिममा मोदी विमानबाट ओर्लिएर अघि बढिसकेपछि सुरक्षा अधिकारीहरु आ–आफ्नै तरिकाले विमानस्थलबाट बाहिरिए। तर उनी त्यहाँ पनि थिएनन्।
को हुन् त उनी ?
उनी हुन् भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल। अर्थात २०७२ को भारतीय नाकाबन्दीका एक मुख्य सूत्रधार। जननिर्वाचित संविधान सभाले संविधान जारी गरेकाेमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि करिब ६ महिना लामो नाकाबन्दी गरेकाे थियाे। साे नाकाबन्दीका कारण नेपालमा अाैषाधिदेखि दैनिक उपभाेग्य वस्तु समेत अभाव भएकाे थियाे। नेपालकाे वर्तमान संविधानका ७ बुँदामा संशाेधन गर्न दवाब दिँदै नाकाबन्दी गरे पनि भारतले अाधिकारिक रूपमा साे विषय लुकाउँदै अाएकाे छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको राजकीय भ्रमणमा महत्वपूर्ण पाहुनाको रुपमा सुरक्षा सल्लाहकार डोभल नेपाल आएका हुन्। जल,स्थल र वायु सुरक्षाका विज्ञ डोभल तथा तत्कालीन विदेशसचिव एस जयशंकरको विश्लेषणमा २०७२ असोजमा भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको थियो।
भारतीय सुरक्षा सेवाका करिब चार दशकमा लामो समय गुप्तचर सेवामा बिताएका डोभल सन २००५ मा इन्टिलिजेन्स ब्युरो निर्देशकका रुपमा अवकाश भएका थिए। सिक्किमलाइ भारतमा गाभ्न गर्न मुख्य भूमिका निर्वाह गरेका डोभल काठमाडौंबाट अपहरण भएको इन्डियन एयरलाइन्सको जहाजको उद्धार टोलीका मुख्य वार्ताकार थिए। उनलाई मोदीले आफू प्रधानमन्त्री भएको केही समयपछि राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका थिए।
भारतीय प्रहरी सेवाबाट प्रवेश गरेका डोभल कर्भड अप्रेशन र क्षेत्रीय सुरक्षा मामिलाका जानकार हुन्। पाकिस्तानविरुद्ध भारतले गरेको सर्जिकल स्ट्राइकका योजनाकार पनि उनै मानिन्छन्। पछिल्लो समय मोदी निकट उनकै कारण छिमेकी मुलुकहरूसँग भारतको सम्बन्ध बिग्रिएको विश्लेषण हुने गरको छ।
मोदीका ब्यक्तिगत र भारत सरकारका प्रमुख सल्लाहकारको भूमिकामा रहेका प्रभावशाली डोभलको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपालको शीर्ष नेतृत्वले डोभलसँग गर्ने सम्वादलाई नै मोदीको आधिकारिक भनाइ मान्ने गरेका छन्। यसअघि प्रधानमन्त्रीको रुपमा पहिलो पटक भारत भ्रमणमा जाँदा २०७२ फागुन १० गते केपी शर्मा ओलीले तालिका बाहेक एउटा व्यक्तिसँग सम्वाद गरेका थिए। राष्ट्रपति भवनमा अाेलीले भेटवार्ता गरेका व्यक्ति उनी डाेभल थिए।
यस पटक ओली–डोभल सम्वाद हुने नहुने खुलाइएको छैन। मोदीको भ्रमण टोलीमा कुनै पनि मन्त्री समावेश छैनन्। सल्लाहकार, सुरक्षाकर्मी र कर्मचारीको टोली बनाएर मोदी नेपाल आएका छन्।
भ्रमण टोली सदस्यमा भारतीय विदेश मन्त्रालयका सचिव विजय के गोख्ले पनि समावेश छन्।
यसपटकको भ्रमणमा सदस्यकै रुपमा मोदी सुरक्षाका प्रमुख एसपीजी ९स्पेशल प्रोटेक्सन ग्रुप० का प्रमुख अरुण के सिन्हा र सहप्रमुख एकेशर्मा समेत आएका छन्। एसपीजीका वरिष्ठ दुई अधिकारी र सुरक्षा सल्लाहकारसहित आएका मोदीका साथमा भारतीय सेनाका बि पटेल र भारतीय प्रहरीका एडिशनल कमिश्नर एस पाण्डेसहित दुई दर्जन बढी सादा पोशाकमा सुरक्षाकर्मी छन्।
Angel Biwash
Sala kutta…